के साँच्चै विवाह गर्दै छन् रश्मिका र विजय ?

साउथ इन्डियन अभिनेत्री रश्मिका मन्डन्ना अहिले सामाजिक सञ्जालमा निक्कै चर्चामा छिन् । उनको फिल्म पुष्पाले बम्पर सफलता पाएको छ । रश्मिका मन्डन्नालाई नेशनल क्रस पनि भनिन्छ । अब रश्मिकाले पनि छिट्टै बिहे गर्ने खबर सामाजिक सञ्जालमा चर्चा छ ।
रश्मिका मन्डन्ना र विजय देवरकोंडाको जोडीलाई सबैले मन पराउँछन्। हालै  दुवै मुम्बईमा सँगै देखिएका थिए । त्यसपछि दुवै रिलेशनशिपमा रहेको खबर  बाहिर आएको थियो । यी दुबैले यसै वर्ष बिहे गर्ने खबर बाहिरिएको छ । यद्यपि  यसबारेमा रश्मिका र विजय दुवैले खुलासा गरेका भने छैनन् ।
विजय देवरकोंडा र रश्मिका मन्डन्ना दुई सुपरहिट फिल्म गीता गोविन्दम र  डियर कम्रेडमा देखिएका थिए । दुबैको जोडीलाई फ्यानहरुले निकै रुचाइएका थिए ।  त्यसयता दुवै पटक पटक सँगै देखिएका छन् । त्यसयता दुवै एकअर्कालाई डेट  गर्दैछन् भन्ने हल्ला चलेको छ ।
रश्मिका मन्डन्नाले हालै मुम्बईमा अपार्टमेन्ट किनेकी छिन् । उता  रश्मिका र देवरकोंडा मुम्बईमा धेरै पटक सँगै देखिएका छन् । रश्मिका र  विजयको सम्बन्धको चर्चा उनीहरुको गोवा भ्रमणबाट भएको थियो ।

सन् २०१७ मा मण्डनाले रक्षित शेट्टीसँग इन्गेजमेन्ट गरेकी थिइन् । तर,  यो सम्बन्ध लामो समय टिक्न सकेन । विवाहअघि यी दुईबीच धेरै समस्या आउन  थाल्यो । इन्गेजमेन्ट टुटेपछि रश्मिकालाई धेरै ट्रोलको सामना गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *