देशवासीलाई गरे भ्याक्सिन लगाउने अपील

राष्ट्रपति रामनाथ कोविन्दले संसदको वर्षाकालीन अधिवेशनको अवधि सत्तापक्ष र विपक्षमाझ बनेको गतिरोधबारे टिप्पणी नगरी शनिवार भने अनुसार भारतीय लोकतन्त्र शक्तिशाली छ अनि यो संसदीय प्रणालीमा आधारित छ, जसमा संसद लोकतन्त्रको मन्दिर हो । कोविन्दले ७५औँ स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा देशलाई सम्बोधन गर्दै भने, राष्ट्र निर्माताहरूले जनताको विवेकमा आफ्नो आस्था व्यक्त गरे अनि हामी भारतका मानिसहरू आफ्नो देशलाई एउटा शक्तिशाली लोकतन्त्र बनाउनमा सफल भयौं । कोरोना महामारीको उल्लेख गर्दै राष्ट्रपतिले भने, अहिले महामारीको तीव्रतामा ह्रास आएको छ तर कोरोना भाइरसको प्रभाव समाप्त भएको छैन, हाम्रा डाक्टर, नर्स, स्वास्थ्यकर्मी, प्रशासक अनि अन्य कोरोना योद्धाहरूको प्रयासमा कोरोनाको दोस्रो लहरमाथि नियन्त्रण पाइँदैछ ।

तिनले भने, हाम्रा वैज्ञानिकहरूले कम्ती समयमा कोरोनाको भ्याक्सिन बनाए, म सबै देशवाशीहरूलाई प्रोटोकलअनुसार चाँड़ै भ्याक्सिन लगाउने अनि अन्यहरूलाई पनि प्रेरित गर्ने अनुरोध गर्दछु, यस समयमा भ्याक्सिन हामी सबैको निम्ति विज्ञानद्वारा सुलभ गराइयो जुन चाहिँ सर्वोत्तम सुरक्षा कवच हो, म सबै देशवासीहरूलाई प्रोटोकलअनुसार यथाशीघ्र भ्याक्सिन लगाउने अनुरोध गर्दछु, चिकित्सा सुविधाहरूको विस्तारको निम्ति एक वर्षको अवधिमा २३,२२० करोड़ रुपियाँ खर्च गरिँदैछ तिनले भने, विभिन्न बाधाहरू रहे पनि ग्रामीण क्षेत्रहरूमा, विशेष रूपले कृषिको क्षेत्रमा बढ़ोत्तरी जारी छ, एग्रीकल्चरल मार्केटिङमा गरिएका अनेक सुधारहरूबाट हाम्रा अन्नदाता किसान अझ सशक्त हुनेछन् अनि तिनीहरूलाई आफ्नो उत्पादनको राम्रो मूल्य प्राप्त हुनेछ ।

राष्ट्रपतिले आफ्नो सम्बोधनमा भने, म जम्मू- कश्मीरका वासिन्दाहरू, विशेष गरेर युवाहरूसँग यस अवसरको लाभ उठाउने अनि लोकतान्त्रिक संस्थाहरूमार्फत आफ्ना आकांक्षाहरूलाई साकार बनाउनको निम्ति सक्रिय हुने आग्रह गर्दछु, अहिले जम्मू कश्मीरमा नवजागरण देखिदैछ, सरकारले लोकतन्त्र अनि कानूनको शासनमा विश्वास राख्ने सबै पक्षहरूसँग परामर्शको प्रक्रिया शुरू गरेको छ । राष्ट्रपतिले भने, हाम्रो लोकतन्त्र संसदीय प्रणालीमा आधारित छ, अतः संसद हाम्रो लोकतन्त्रको मन्दिर हो, स्वतन्त्रताको ७५ औं वर्षगाँठको अवसरमा यस नयाँ भवनको उद्घाटनलाई विश्वका सबैभन्दा ठूलो लोकतन्त्रको विकास यात्रामा एउटा ऐतिहासिक प्रस्थान बिन्दु मानिनेछ ।

हाम्रो लोकतन्त्र संसदीय प्रणालीमा आधारित छ, अतः संसद हाम्रो लोकतन्त्रको मन्दिर हो, हाम्रो लोकतन्त्रको यो मन्दिर निकट भविष्यमा एउटा नयाँ भवनमा स्थापित हुन गइरहेको छ, जुन सबै देशवासीहरूको निम्ति गर्वको कुरा हो, तिनले भने । आफ्नो सम्बोधनको प्रारम्भमा राष्ट्रपतिले भने, देश-विदेशमा बसोबासो गर्ने सबै भारतीयलाई स्वाधीनता दिवसको हार्दिक शुभकामना, यो दिन हामी सबैको निम्ति अत्यन्त हर्ष अनि उल्लासको दिन हो, यस वर्षको स्वाधीनता दिवसको विशेष महत्त्व छ किनभने यसै वर्ष हामी सबैले आफ्नो स्वतन्त्रताको ७५औं वर्षगाँठको उपलक्ष्यमा स्वतन्त्रताको अमृत महोत्वस मनाइरहेका छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *