वर्ल्ड हेल्थ डेको अवसरमा मणिपाल अस्पताल नेटवर्कको अंग मेडिका नर्थ बंगाल क्लिनिक द्वारा कावाखालीस्थित अपना घर वृद्धाश्रममा निःशुल्क स्वास्थ्य जाँच शिविरको आयोजन गरियो। यस पहलको माध्यममा वृद्धजनहरूको उत्तम स्वास्थ्य एवम् सामुदायिक स्वास्थ्य सेवाप्रति क्लिनिकको प्रतिबद्धतालाई एकपल्ट फेरि रेखांकित गरेको छ। यस शिविरमा मोठ ५८ वरिष्ठ नागरिकहरूको पूर्ण स्वास्थ्य जाँच गरियो। तिनीहरूको स्वास्थ्य जाँच मेडिकाका अनुभवी डाक्टरहरू एवम् चिकित्सा कर्मीहरूको टीमद्वारा गरियो। जाँच अवधि आवश्यक आषधा पान निःशुल्क वितरण गारया साथै सबैलाई भोजन प्याकेट पनि प्रदान गरियो।
अपना घरका सचिव रमेश वैधले आफ्नो कृतज्ञता व्यक्त गर्दै भने, मेडिका नर्थ बंगाल क्लिनिकको यो मानवतापूर्ण पहलले हाम्रा वृद्धजनहरू धर खुशा भएका छन्। यस उमरमा तिनीहरूलाई सबैभन्दा अधिक स्नेह, हेरचाह अनि सम्मानको आवश्यकता पर्छ। त्यस उद्देश्यलाई ध्यानमा राख्दै मेडिकाको टोलीले यो कार्य गरेको हो। हामी तिनीहरूको यस सहयोगका लागि हृदयबाट आभारी छौं अनि भविष्यमा पनि यस्तै आयोजनाको प्रतीक्षा राखेका छौं।
मेडिका नर्थ बंगाल क्लिनिकका निदेशक सञ्जय सिंघा महापात्रले भने, स्वास्थ्य सेवा के वल अस्पतालको चार दीवारसम्म सीमित छैन, यो समाजको प्रत्येक कुनासम्म पुग्नुपर्छ। वर्ल्ड हेल्थ डेको अवसरमा हामीले ती वृद्धजनहरूका लागि केहीं गर्ने संकल्प लिएका छौं जुन प्रायः समाजको मुख्यधारादेखि टाढ़ा छन्। अपना घरका निवासीहरूसित समय बिताउनु अनि तिनीहरूको अनुहारमा हाँसो देख्नु नै हाम्रो ठूलो पुरस्कार हो। हामी भविष्यमा पनि यस प्रकारको स्वास्थ्य एवम् जागरूकता गतिविधिहरूका लागि प्रतिबद्ध छौं।