अनिल अम्बानीको फोन नम्बर पेगासस जासुसीको सूचीमा

भारतीय उद्योगपति अनिल अम्बानी पनि पेगासस जासुसीको सूचीमा रहेको खुलासा भएको छ । उनीसँगै सिबिआईका पूर्व निर्देशक आलोक बर्मा पनि जासुसको निशानामा रहेको द इन्डियन एक्सप्रेसले प्रकाशित गरेको एक रिपोर्टमा उल्लेख छ द वायर नामक समाचार पोर्टलमा प्रकाशित समाचारका आधारमा तयार पारिएको सो रिपोर्टमा सिबिआईका अर्को पूर्व विशेष निर्देशक राकेश अस्थाना र एके बर्माको फोन पनि जासुसी भइरहेको उल्लेख गरिएको छ । उद्योगपछि अनिल अम्बानीका कर्मचारी टोनी जेसुडान र फ्रान्सको कम्पनी दासोएडिएसनका भारत स्थित प्रतिनिधि ब्यांकट रावको नम्बर पनि सो सूचीमा छ । अनिल अम्बानी र उनका कर्मचारीको नम्बर सन् २०१८ मा नै जासुसीमा परेको छ । त्यो बेला भारतमा राफेल लडाकु विमान खरिद प्रक्रियाबारेको चर्चा उत्कर्षमा थियो यसबारे अदालतमा मुद्दा समेत हालिएको थियो । स्मरण रहोस् अनिल अम्बानीको कम्पनीले सो विमान खरिदको ठेक्का पाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *