फिनटेक क्षेत्रको एक प्रमुख कम्पनी एञ्जल वन लिमिटेडले एञ्जल वनको नामलाई दुरुपयोग गर्दै अनि यसको वरिष्ठ अधिकारीहरूको नक्कली गरिरहेका सामाजिक सञ्जाल समूहहरूको बढ्दो सङ्ख्याबारे निवेशकहरूलाई चेताउनी दिएको छ। कम्पनीले सामाजिक सन्देश आदानप्रदान गर्ने प्लेटफर्महरूमा एञ्जल वनसित सम्बन्धित झुटो दाबी गर्ने धेरै अनधिकृत समूहहरू बनाइएको पनि पाएको छ। यी ठग समूहहरू अवैध गतिविधिहरूमा संलग्न छन् त्यसमा सेबीमा पञ्जीकरण / अनुमतिबिना सुरक्षा सम्बन्धी सल्लाह वा सिफारिस प्रदान गर्नु पनि सामेल छ अनि त्यससितै सेबीको स्वीकृतिबिना सुरक्षा सम्बन्धी रिटर्न र प्रदर्शनको अनधिकृत दाबी गरिरहेको एञ्जल वनले पत्तो लगाएको छ। व्हाट्सएप र टेलिग्राम समूहहरूले अवैध रूपमा एञ्जल वन लिमिटेडको ब्राण्ड नाम र लोगो साथै वरिष्ठ अधिकारीहरूको नाम र छविको दुरुपयोग गर्दै एञ्जल वन लिमिटेडसित सम्बन्धित रहेको भनेर सर्वसाधारणलाई भ्रमित गर्दैछन्।
एञ्जल वनले भनेको छ, अनधिकृत निवेश सल्लाह प्रदान गर्नु अथवा सुरक्षा बजारमा रिटर्नको प्रत्याभूति दिनु मनाही छ। हामी निवेशकहरूलाई सतर्क रहन, कुनै पनि जानकारीको प्रामाणिकता जाँच गर्न र हाम्रो सङ्गठनबाट आएको दाबी गरिएको कुनै पनि सञ्चार माध्यमको सत्यता पुष्टि गर्न आग्रह गर्दछौँ। वैध निवेश निर्णय सधैँ राम्रो अनुसन्धान र आधिकारिक स्रोतहरूबाट प्राप्त जानकारीमा आधारित हुनुपर्छ। एञ्जल वन लिमिटेडको कुनै पनि नक्कली एप, वेब लिङ्क वा निजी व्हाट्सएप / टेलिग्राम समूहहरूसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कुनै सम्बन्ध छैन र नक्कली एपहरू वा वेब लिङ्कहरूमार्फत गरिने लेनदेनको कारण हुने वित्तीय घाटा वा परिणामहरूका लागि जिम्मावार हुने छैन।
एञ्जल वनले स्पष्ट पारेको छ कि यी अनौपचारिक सामाजिक सञ्जाल समूहहरूमा ग्राहकहरूलाई जोड़्दैन, सन्देश आदानप्रदान गर्ने प्लेटफर्महरूमार्फत समवेदनशील व्यक्तिगत जानकारी उपलब्ध गराउने अनुरोध गर्दैन, अनधिकृत माध्यमहरूमार्फत कोषको माग गर्दैन वा प्रत्याभूतिसहित रिटर्न दिने वाचा गर्दैन। सबै वैध कारोबारहरू केवल एञ्जल वनका आधिकारिक प्लेटफर्महरूमार्फत गरिनुपर्छ र एप्लिकेशनहरू आधिकारिक स्रोत र अधिकृत एप स्टोरबाट मात्र डाउनलोड गर्नुपर्छ। एञ्जल वन निवेशकहरूको हितको रक्षा गर्न र सुरक्षित व्यापार अभ्यासको प्रबर्द्धन गर्न प्रतिबद्ध छ। कम्पनीले सबै निवेशकहरूलाई सतर्क रहन र आफ्नो वित्तीय सुरक्षाका लागि आवश्यक सतर्कता अपनाउन प्रोत्साहित गर्दछ। सर्वसाधारणलाई यस्ता निकाय-संस्थाहरूदेखि टाढ़ै रहन र कुनै पनि शङ्कास्पद गतिविधिहरूबारे तुरुन्तै कानून प्रवर्तन एजेन्सीहरूलाई रिपोर्ट गर्न सिफारिस गरिएको छ। कोही पनि सम्भावित ठगीहरूको सम्पर्क आए त्यसबारे साइबरक्राइम पोर्टल Cybercrime.gov.in मा रिपोर्ट गर्न अथवा डेडिकेटेड हेल्पलाइन नम्बर 1930 मा फोन गर्न वा आफ्नो नजिकको पुलिस चौकीमा गएर रिपोर्ट गर्न सकिनेछ।