सिलगढी : आंगनवाडी कार्यकर्ताहरूले आफ्नो भत्ता वृद्धिको माग गर्दै फेरि आवाज उठाएका छन्। शनिबार उनीहरूले सिलगढीमा कडा विरोध प्रदर्शन गरेका थिए।
आज आंगनवाड़ी कार्यकर्ताहरूले सिलगढीमा गान्धीको प्रतिमामुनि एसडीओ कार्यालय अगाडि विरोध प्रदर्शन गरे। उनीहरुले भत्ता बृद्धि लगायतका विभिन्न माग राख्दै आन्दोलन सुरु गरेका छन् ।
आजको अभियानमा तीन सयभन्दा बढी आंगनवाडी कार्यकर्ता सहभागी भएका छन्। आङ्गनवाडी कार्यकर्ताले आफ्ना माग तत्काल पूरा नभए ठूलो आन्दोलनको तयारी गर्ने चेतावनी दिएका छन् ।
