आँगनबाड़ी कर्मीहरूले आज विक्षोभ प्रदर्शन गर्दै 18 बुँदे माग पत्र सम्बन्धित अधिकारीलाई बुझाएका छन्। उक्त प्रदर्शन वेष्ट बेङ्गल आँगनबाड़ी वर्कर्स एण्ड हेल्पर वेल्फेयर एसोसिएशनको पहलमा गरिएको थियो। राजगञ्ज ब्लक बाल विकास परियोजना अधिकारी कार्यालयअघि आँगनबाड़ी कर्मीहरूले विक्षोभ प्रदर्शन गरेका हुन्। प्राप्त जानकारीअनुसार, राजगञ्ज ब्लकअन्तर्गत 12 ग्राम पञ्चायतहरूबाट लगभग 300 आँगनबाड़ी वर्कर्स तथा हेल्परहरूले प्रदर्शनमा सहभागिता जनाएका थिए। मङ्गलवार आन्दोलनरत आँगनबाड़ी कर्मीहरूले आफ्नो 18 बुँदे मागहरू अघि सारे जसमा अन्य विकसित राज्यसरह पारिश्रमिक तथा अतिरिक्त पारिश्रमिक उपलब्ध गराउनुपर्ने, एकीकृत बाल विकास परियोजनामा राष्ट्रिय शिक्षा ऐन लागु गर्नुपर्ने, उच्च न्यायालयको आदेशअनुसार सरकारी मान्यता प्रदान गर्नुपर्ने, सरकारी आदेशहरूको कार्यान्वयन गर्नुपर्ने र केन्द्र सरकारको निर्देशनअनुसार मेण्टेनेन्स कार्यका लागि मोबाइल फोन उपलब्ध गराउनुपर्ने आदि मागहरू रहेका छन्। प्रदर्शनपछि आँगनबाड़ी कर्मीहरूले आफ्नो माग पत्र राजगञ्ज एकीकृत बाल विकास परियोजना अधिकारीलाई सुम्पेका छन्।
राजगञ्जमा आँगनबाड़ी कर्मीहरूको विक्षोभ प्रदर्शन
![](https://purbottar.co.in/wp-content/uploads/2025/02/RAJ-GANG-800x500.jpg)