ट्रस्ट टी नामक संस्थाले साना चिया बगान मालिकका लागि तालिम शिविर आयोजना गर्ने भएको छ

ट्रस्ट टी नामक संस्थाले साना चिया बगान मालिकका लागि तालिम शिविर आयोजना गर्ने भएको छ । भारतीय साना चिया उत्पादक संघ परिसंघको सहकार्यमा १३ मार्चमा इस्लामपुरमा, १४ मार्चमा जलपाईगुडीमा र १५ मार्चमा दार्जिलिङमा तालिम शिविर आयोजना गरिने छ ।

बदलिँदो जलवायु र ग्लोबल वार्मिङका कारण साना चिया कृषकले भोग्नुपरेको समस्या र समाधानका लागि के कदम चाल्न सकिन्छ भन्ने जानकारी दिन तालिम शिविर आयोजना गर्न लागिएको बताइएको छ ।

 संगठनका तर्फबाट राजेश भुयन र विजयगोपाल चक्रवर्तीले मंगलबार सिलगढी जर्नलिस्ट क्लबमा पत्रकार सम्मेलन गरी शिविरको बारेमा जानकारी दिए।