एमवे इण्डिया १००% प्लास्टिक वेस्ट न्यूट्रल भएको छ

एमवे इण्डिया, एक्सटेन्डेड प्रोड्युसर रेस्पोन्सिबिलिटी (ईपीआर) को आधारमा १००% पोस्ट-कन्ज्युमर प्लाष्टिक वेस्ट म्यानेजमेन्ट गरेपछि र एमवे म्यानुफ्याक्चरिङ फेसीलिटीमा उत्पादित १००% प्री-कन्ज्युमर प्लास्टिक वेस्टलाई रीसाइकल गरी ‘प्री एण्ड पोस्ट कन्ज्युमर प्लास्टिक वेस्ट न्यूट्रल’ भएको छ। 

कम्पनीले ८०० मेट्रिक टन पोस्ट-कन्ज्युमर प्लास्टिक वेस्ट न्यूट्रल सङ्कलन र रिसाइकल गरेको छ, जुन बोतल, ट्युब, क्याप, जार, र विभिन्न आकारका प्याकेटहरू समावेश गरी ५० मिलियन युनिट भन्दा बढी प्लास्टिक उत्पादनको फोहोर व्यवस्थापन गर्न बराबर हो। समग्र वातावरणीय र सामाजिक प्रभावको लेन्स मार्फत आफ्नो व्यवसायलाई ड्राइभ गर्दै, कम्पनीले आफ्नो स्थिरता महत्वाकांक्षाहरू पूरा गर्न केही स्पष्ट कदमहरू सम्मिलित गरेको छ, जसले मानिसहरूलाई राम्रो, स्वस्थ जीवन बिताउन मद्दत गर्ने आफ्नो दृष्टिकोणलाई सुदृढ पारेको छ।

उपलब्धिको बारेमा टिप्पणी गर्दै, एमवे इण्डियाको रेगुलेटरी अफेयर्सका एसोसिएट वाईस प्रेसीडेन्ट आदिप रोयले भने, “हामी विश्वमा सकारात्मक परिवर्तन ल्याउने र भावी पुस्तालाई फस्टाउन सक्षम बनाउन थप दिगो कम्पनी बन्न प्रतिबद्ध र कटिबद्ध छौं।” एक जिम्मेवार कर्पोरेटको रूपमा, एमवे इण्डिया प्लास्टिक वेस्ट म्यानेजमेन्टको लागि सेण्ट्रल पल्युशन कण्ट्रोल बोर्ड (सीपीसीबी) मा दर्ता गर्ने देशको पहिलो ब्राण्ड मालिकहरू मध्ये एक थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *