एमवे इण्डियाद्वारा सप्लिमेण्टको नयाँ रेञ्ज प्रस्तुत

एमवे इण्डियाले आफ्नो प्रमुख ब्राण्ड न्यूट्रीलाइट अन्तर्गत स्वादिलो गम्मीज र माउथ डिसॉल्विङ जेली स्ट्रिप्स जस्ता ट्रेण्डी, स्वादिष्ट, सुविधाजनक र सरलीकृत ढाँचाहरूमा न्यूट्रिशन सप्लिमेन्टहरूको रेञ्ज प्रस्तुत गरेको छ। एमवेले उनीहरूको दैनिक न्यूट्रिशन आवश्यकताहरू पूरा गर्न ‘अन-द-गो’ न्यूट्रिशन समाधानहरू तयार गरेको छ। हाल, दायराले तीनवटा उत्पादनहरू समावेश गरेको छ जसमा सिज द डे, समग्र हेल्थ र इम्युनिटीलाई समर्थन गर्न भिटामिन र मिनरलहरू भएको स्ट्रबेरी फ्लेभर्ड गम्मीज, डी-फेन्स – हड्डीको स्वास्थ्य र इम्युनिटीलाईलाई समर्थन गर्न भिटामिन डी-3 युक्त माउथ डिसल्विङ जेली स्ट्रिप्स, र आय हेल्थलाई समर्थन गर्न लुटेन र जेक्सान्थिन भएको आई क्याण्डी गम्मीज सामेल रहेको छ।
शुभारम्भको घोषणा गर्दै, एमवे इण्डियाका प्रमुख कार्यकारी अधिकारी (सीईओ) अंशु बुधराजाले भने, हामी यो नयाँ रेञ्जले सबैको अपेक्षा र दैनिक न्यूट्रिशन आवश्यकताहरू पूरा गर्ने र यसरी हाम्रो समग्र पोषण वर्गमा महत्त्वपूर्ण योगदान दिने आशा गर्छौं। सिज द डे मल्टिभिटामिन र मिनरल गम्मीज, डी-फेन्स भिटामिन डी3 जेली स्ट्रिप्स र आई क्याण्डी लुटेन र जेक्सान्थिन गम्मीहरू 60 वटा गमी वा जेली स्ट्रिप्सको प्याकमा उपलब्ध छन् र यसको मूल्य क्रमशः आईएनआर 799, आईएनआर 630 अनि आईएनआर 629 हो। यी भारतभर एमवे डायरेक्ट सेलर्स/रिटेलर्सहरुमार्फत मात्र बिक्रीको लागि उपलब्ध छन्। कम्पनीको वेबसाइट www.amway.in -मा उपभोक्ताहरूले यसबारे थप जानकारी पाउनेछन्।

भ्यालेण्टाइन डे-लाई अविस्मरणीय बनाउन वी जूमइनको विशेष अफर
सिलगड़ी, 10 फरवरी। प्रमुख टेलिकम ब्राण्ड वी जूमइनसँगको सहकार्यमा तपाईंको भ्यालेण्टाइन डे-लाई साँच्चै अविस्मरणीय बनाउन यहाँ आएको छ। यो साझेदारीले उपभोक्ताहरूले उत्कृष्ट तस्वीरहरू चयन गर्न र आफ्नो पार्टनरलाई विशेष रूपमा डिजाइन गरिएको 20 पृष्ठको फोटोबूकको साथ मेमोरी लेनमा लैजान अनुमति दिन्छ। यो प्राप्त गर्न पहिले व्यक्तिगत वा पारिवारिक योजनाको लागि वी पोस्टपेड सिम चयन गर्नुपर्नेछ। त्यसपछि वीआईपी मोबाइल नम्बर चयन गर्नुपर्नेछ अनि अर्डर गर्नसक्नेछन्। आफ्नो जूमइन फोटोबूकको लागि कुपन कोड प्राप्त गर्नु सक्नेछन्। त्यसपछि जूमइन वेबसाइट/एपमा गएर रु. 299 मूल्यको आफ्नो 20 पेजको 5.5 अनुकूलन योग्य फोटोबूक चयन गर्नुपर्नेछ, आफ्नो मनपर्ने फोटोहरू थप्नु सक्नेछन् र आफ्नो फोटोबूक पूर्वावलोकन गरेपछि दिइएको कुपन लागू गरेर आफ्नो भ्यालेण्टाइन गिफ्ट डेलिभर गर्नु सक्नेछन्। यसमार्फत आफ्नो प्रियजनलाई अनुकूलित मोबाइल नम्बर उपहार दिनु सक्नेछन् – यो जन्मदिन, वार्षिकोत्सव मिति वा वी पोष्टपेड सिमको साथ कुनै अन्य स्पेशल सीरीज होस् र रु 299 को जूमइनबाट नि:शुल्क रूपमा अनुकूलित फोटोबुक प्राप्त गर्नुसक्नेछन्। यो प्रस्ताव 9 देखि 14 फरवरी, 2022 सम्म मान्य छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *