भारतमा सक्रिय स्वास्थ्य र रोग प्रतिरोधात्मक क्षमताप्रति बढ्दो चासोलाई ध्यानमा राख्दै एमवे इण्डियाले न्युट्रिलाइट ट्रिपल प्रोटेक्ट नामक नयाँ वनस्पतिमा आधारित डाइटरी सप्लिमेण्ट सार्वजनिक गरेको छ। यसले रोग प्रतिरोधात्मक क्षमता, त्वचाको स्वास्थ्य र पाचन सन्तुलनलाई सुदृढ़ बनाउने उद्देश्य राख्दछ। यस नयाँ उत्पादले एमवेको पोषण श्रेणीलाई थप बलियो बनाउँदै भारतभरि बढ्दो रूपमा स्वच्छ र प्राकृतिक वेलनेस समाधानतर्फको झुकाउलाई सम्बोधन गरेको छ।
यस सूत्रमा वैज्ञानिक रूपले प्रमाणित तीन प्रमुख घटकहरू- एसरोला चेरी, हर्दी र लिकोराइसको। एसरोला चेरी, हर्दी र लिकोराइसको संयोजन गरिएको छ जुन सबै अङ्गीकृत जैविक फार्महरूबाट प्राप्त गरिन्छ। एण्टी अक्सिडेण्टले भरिपूर्ण यस सप्लिमेण्टले दैनिक आवश्यकताअनुसार 100% भिटामिन सी प्रदान गर्छ अनि एसरोला चेरीमा अमलाभन्दा लगभग सात गुणा अधिक भिटामिन सी पाइन्छ। कृत्रिम रासायनिक पदार्थविहीन यस उत्पादले सुन्निने समस्या घटाउने र रोग प्रतिरोधात्मक प्रणालीलाई सुदृढ़ बनाउने दिशामा सहयोग गर्दै समग्र स्वास्थ्य लाभ प्रदान गर्न लक्ष्य राख्दछ। एमवे इण्डियाका म्यानेजिङ डाइरेक्टर राजनीश चोपड़ाले भने, “52% उपभोक्ताले सप्लिमेणअटमा रोग प्रतिरोधात्मक क्षमतालाई प्राथमिकता दिन्छन्। यस्तो अवस्थामा नुट्रिलाइट ट्रिपल प्रोटेक्टले प्रभावकारी समाधान प्रदान गर्नेछ।”
सिलगुढीको स्वास्थ्य र वेलनेस बजारमा पनि अर्ग्यानिक सप्लिमेण्टहरूको माग तीव्र रूपमा बढ़िरहेको देखिएको छ। यहाँ खुद्रा व्यवसायीहरूले रोग प्रतिरोधात्मक क्षमतावर्धक उत्पादतर्फ उपभोक्ताहरूको चासो उल्लेखनीय रूपमा बढ़ेको बताएका छन्। यस्तो प्रवृत्तिलाई ध्यानमा राखेर नुट्रिलाइट ट्रिपल प्रोटेक्ट सार्वजनिक गरिएको हो जुन विशेष गरी स्वास्थ्यप्रति सचेत शहरी उपभोक्तामाझ लोकप्रिय हुने अपेक्षा गरिएको छ। यो उत्पाद भारतभरि एमवे बिजनेस ओनरमार्फत मात्र उपलब्ध हुनेछ।
