अमृता विश्व विद्यापीठमद्वारा सिक्किममा विपद प्रतिरोधात्मक क्षमताको सुदृढ़ीकरणका लागि एसएसडीएमएसित साझेदारी

अमृता विश्व विद्यापीठमले पूर्वी हिमालय क्षेत्रमा विपद तयारीलाई सशक्त बनाउन सिक्किम स्टेट डिजाष्टर म्यानेजमेण्ट अथोरिटी (एसएसडीएमए) सित मेमोरेण्डम अफ अण्डरस्ट्याण्डिङ (एमओयू) मा हस्ताक्षर गरेको छ। यस साझेदारीले प्रारम्भिक चेताउनी प्रणाली, बहुभाषिक शैक्षिक उपकरणहरू र समुदाय स्तरको प्रतिरोधात्मक कार्यक्रमहरूलाई समर्थन गर्दछ। सन् 2013 देखि अमृताले चाँदमारी क्षेत्रमा पैह्रो जाँदा पूर्व चेताउनीका लागि 50 भन्दा बढ़ी सेन्सरहरू स्थापना गरेको छ र सिक्किममा 200+ सेन्सरयुक्त, आर्टिफिसियल इण्टेलिजेन्स (एआई) तथा इण्टरनेट अफ थिङ्स (आईओटी) मा आधारित निगरानी प्रणाली विकास गरेको छ।
मिनिष्ट्री अफ अर्थ साइन्सेसको सह-वित्तमा सञ्चालित उक्त प्रणालीले वर्षा, भूकम्पीय गतिविधि, र माटोको आर्द्रता ट्र्याक गर्दछ। अमृताले स्थानीय भाषा प्रयोग गरेर विपद सम्बन्धी जनचेतना अभिवृद्धिका लागि युवाहरू, शिक्षकहरू अनि सामुदायिक नेताहरूलाई तालिम दिएको छ।
एसएसडीएमए अनि अमृताका अधिकारीहरूलगायत डा. मनीषा भी. रमेश अनि श्री प्रभाकर राई आदिले दिगो र समुदाय-आधारित विपद जोखिम न्यूनीकरणप्रति आफ्नो प्रतिबद्धता पुनः जाहेर गरेका छन्।

By Business Bureau