बलिउडका महानायक अमिताभ बच्चन एकाएक अस्पताल गएपछि उनका फ्यानहरू चिन्तित बनेका छन् ।
अमिताभ छोरी श्वेता नन्दासँग आइतवार अस्पताल पुगेका छन् ।
उनी अस्पताल पुगेको एक तस्वीर सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेको छ ।
उनीहरू लिलावती हस्पिट को बाहिर पुगेको तस्वीरमा देखिन्छ ।
तस्वीर विरल भयानीको इन्स्टाग्राममा सार्वजनिक भएको थियो
उनीहरू कोरोना खोपका लागि अस्पताल गएका हुन् की स्वास्थ्य परीक्षणका लागि भन्ने खुलेको छैन