भारत-चीन सीमा क्षेत्रमा आरोप-प्रत्यारोप

तीन वर्षदेखि हिमालय क्षेत्रमा भारत र चीनबीच तनाउ साम्य भएको छैन हालै गलवान उपत्यकामा चिनियाँ झण्डा देखिएपछि भारत झस्किएको छ । उसले प्याङ्गोङ सो क्षेत्रमा चीनले पुलसहितका संरचना बनाइरहेको भन्दै त्यसलाई अबैधरुपमा चिनियाँ कब्जा भनेको छ। दुई देशबीच सन् २०१९ देखि सीमा क्षेत्रमा बिबाद छ। दुवैपक्षले सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाएका छन् भने सीमा क्षेत्रमा अत्याधुनिक हतियार पुऱ्याएका छन् दुबै पक्षको सैन्य तहमा पनि यसबीचमा संबाद हुँदै आएको छ, तर समाधान भइसकेको छैन ।

‘सीमा क्षेत्रको बस्तुस्थितिलाई गम्भीरतापूर्वक र सतर्कतापूर्वक हामी अनुगमन गरिरहेका छौं’ भारतीय विदेश मन्त्रालयका प्रबक्ता अरिन्दम बाग्चीलाई उद्धृत गर्दै मीडियाले लेखेको छ । उनले चिनियाँ सुरक्षा जोखिमका प्रतिस्पर्धा गर्न सरकारले पनि सीमा क्षेत्रमा पूर्वाधार बनाइरहेको र यसमा थप ध्यान दिइनेसमेत बताए । पछिल्ला सात वर्षमा सीमा क्षेत्रमा सरकारले पुल, सडक निर्माण गर्दै आएको प्रबक्ता बाम्चीको भनाई थियो । त्यसका लागि सरकारले पर्याप्त बजेट छुट्याएको उनले बताए अरुणाचल प्रदेशका विभिन्न नदी, हिमालयको नाम चीनले परिवर्तन गरेकोमा पनि सरकारले असन्तुष्टि जनाएको छ ।

यसलाई अस्वीकार गर्दै सरकारले चीनलाई कूटनीतिक नोट पठाएको पनि विदेश मन्त्रालयले जनाएको छ| चीनले भने अरुणाचल प्रदेशलाई तिब्बतको अभिन्न अंग दाबी गर्दै आएको छ । हरेक भारतीय उच्च सरकारी अधिकारीहरुको अरुणाचल प्रदेश भ्रमणको चीनले बिरोध जनाउँदै आएको छ। तर, भारतले चिनियाँ दाबीलाई अस्वीकार गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *