‘हरेक घरमा नेताजी’ भन्ने नारालाई अगाडि राख्दै अखिल भारतीय फर्वार्ड ब्लकले विभिन्न कार्यक्रम आयोजना गरिरहेको छ

अखिल भारतीय फर्वार्ड ब्लकले “हरेक घरमा नेताजी” भन्ने नारालाई अगाडि बढाउँदै संगठनलाई मजबुत बनाउने काम सुरु गर्न लागेको छ। यस दिन संगठनका महासचिव अक्षय ठाकुरले फरवार्ड ब्लकको पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी सो कुरा बताएका हुन्। दीपक सरकार लगायतका नेताहरुको उपस्थिति रहेको थियो। सेप्टेम्बर ३ मा विद्यार्थी महासंघको सम्मेलन, २२ गते महिला संगठनको सम्मेलन र अक्टोबर ११ मा नेताजीको ठूलो कार्यक्रम हुँदैछ। नेताजीप्रति जनताको आस्था र इमानदारीलाई ध्यानमा राखी फर्वार्ड ब्लकले पार्टीलाई संगठित र सुदृढ गर्ने कार्यक्रम गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *