आलियाले भनिन्- ‘रणवीरसँग विहे गरिसकेको छु’

बलिउड अभिनेत्री आलिया भट्ट यतिबेला आफ्नो अपकमिङ फिल्म ‘गंगुबाई’को प्रोमोशनमा व्यस्त छिन्। यो फिल्म उनको करियरमा कोशेढुंगा सावित हुनसक्ने आकलन गरिएको छ।

फिल्मकै प्रोमोशनको क्रममा आलिया खुलेर विहेको बारेमा पनि कुरा गरेकी छिन्। जगजाहेरै छ- आलिया रणवीर कपुरसँग प्रेममा छिन्। तर उनीहरूले विहे भने गरिसकेका छैनन्। एक-दुई वर्षअघि नै उनीहरूको विहे हुने भनिए पनि विभिन्न समस्याका कारण विहे भएन। अहिले भने आलियाले खुलेर भनिन- ‘मैले रणवीरसँग विहे गरिसकेको छु।’

उनले खासमा विहेको प्रश्नले दिक्क भएर यो जवाफ दिएकी हुन्। उनको भनाइ थियो- ‘विहेबारे हामीले सोचेका छौँ। हामीलाई केही शान्ति चाहिएको छ। हुनुपर्ने बेलामा विहे भइहाल्छ। मैले चाहेँ भने, रणवीरले चाहे भने विहे हुन्छ।’

यस्तै उनले आफूले रणवीरसँग मनमनै विहे गरिसकेको पनि बताएकी छिन्। यस्तै उनले रणवीरलाई पहिलो पटक पर्दामा देख्दा नै उनीसँगै विहे गर्ने तय गरेको पनि बताएकी हुन्। आलियाका अनुसार उनी त्यसबेला सानी बालिका थिइन्। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *