रणवीर-आलिया भोलिबाट ‘रकी और रानीकी प्रेम कहानी’को सुटिङमा

बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री आलिया भट्ट भोलिबाट नयाँ चलचित्रको सुटिङमा व्यस्त हुनेछन्। चलचित्रको नाम हो- ‘रकी और रानीकी प्रेम कहानी’।

चलचित्र पछिल्लो समय खुबै चर्चामा छ। भारतको गोरेगाउँ फिल्म सिटीमा छायांकन हुन गइरहेको चलचित्रका लागि दुवै कलाकारको १२ दिनको सेड्युल मागिएको छ। यसबीच गीत र केही सिनको छायांकन हुनेछ।

करण जोहरको निर्देशनमा बन्न लागेको चलचित्र यसअघि १० जनवरीमा कोरोनाको बढ्दो सङ्क्रमणका कारण सुटिङ रोकिएको थियो।चलचित्रमा रणवीर-आलियासँगै पुराना नायक धर्मेन्द्र, नायिका जया बच्चन, शबाना आजमीलगायत मुख्य भूमिकामा छन्।

चलचित्र फेब्रुअरी २०२३ मा रिलिज हुने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *