‘बडे मियाँ छोटे मियाँ’ को सिक्वेलमा अक्षयकुमार र टाइगरको जोडी

बलिउड अभिनेता अक्षयकुमार र टाइगर श्राफले एकै फिल्ममा सहकार्य गर्ने भएका छन्। उनीहरु फिल्म ‘बडे मियाँ छोटे मियाँ’ को सिक्वेलमा पहिलोपटक एकसाथ देखिने भएका हुन्।

अली अब्बास जफरको निर्देशन रहने फिल्ममा अक्षयकुमार र टाइगर श्राफ मुख्य भूमिकामा देखिनेछन्। उनीहरु अमिताभ बच्चन र गोविन्दको सट्टामा सिक्वेलमा देखिनेछन्। फिल्मको लागि अन्य कलाकारहरुको भने टुंगो लाग्न सकेको छैन।

अहिले फिल्मको स्क्रिप्ट लेख्ने काम भइरहेको छ। साथै यस फिल्मको छायाङ्कन भने सन् २०२२ मा सुरु हुने बताइएको छ। 

डेभिड धवनको निर्देशन रहेको फिल्म ‘बडे मियाँ छोडे मियाँ’ सन् १९९८ मा रिलिज भएको थियो। यस फिल्ममा अभिनेता अमिताभ बच्चन र गोविन्द मुख्य भूमिकामा देखिएका थिए। साथै फिल्ममा रविना टण्डन, रम्या कृष्णन, अनुपम खेर, परेश रावल, शरत सक्सेना र सतीश कौशिक लगायतका कलाकारहको पनि अभिनय थियो। उनीहरुको यस फिल्मलाई निकै रुचाइएको थियो।

सिक्वेलमा वाशु भगनानी, जैकी भगनानी र दिपशिखा फिल्ममा निर्माताका रुपमा रहनेछन्। सन् २०२३ मा रिलिज हुने भनिएको यो फिल्म २०० करोड बजेटमा निर्माण हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *