अजयको ‘मैदान’ जुन ३ बाट रिलिज हुने

नायक अजय देवगण अभिनित चलचित्र ‘मैदान’को प्रदर्शन मिति पनि तय गरिएको छ । बलिउडका मेकरले विगत केही दिनदेखि एकपछि अर्को प्रदर्शन मिति तय गरिरहेका छन् ।

अजयको मुख्य भूमिका रहेको फुटबल केन्द्रित यो चलचित्रलाई सन् २०२२ को जुन ३ गतेबाट रिलिज गर्ने तयारी यसको निर्माणपक्षले गरेको छ । यो चलचित्रलाई अमित रविन्द्रनाथ शर्माले निर्देशन गरेका हुन् । चलचित्रमा प्रियामणी, गजराज राव, रुद्रानी घोषको मुख्य भूमिका छ । यो चलचित्रले भारतीय फुटबललाई विश्वमाझ परिचित गराउन महत्वपूर्ण भूमिका खेलेका कोचको कथा भन्छ । जसको भूमिकामा अजयले काम गरेका छन् । यो चलचित्र सन् १९५२ देखि १९६२ सम्मको भारतको फुटबलको कथामा आधारित छ । जसलाई भारतीय फुटबलको सुनौलो दशक मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *