‘गंगुबाई काठियावाडी’मा अजयको फरक गेटअप

फ्रेब्रुअरी २५ बाट प्रदर्शन हुन लागेको सञ्जयलीला भन्साली निर्देशित  चलचित्र ‘गंगुबाई काठियावाडी’को ट्रेलर शुक्रबार रिलिज हुँदैछ ।

यो चलचित्रको अहिलेसम्म सार्वजनिक टिजर र लुक्समा अभिनेत्री आलिया भट्टको मात्र गेटअप सार्वजनिक गरिएको थियो । चलचित्रमा आलिया शीर्ष भूमिकामा छिन् । टिजर सार्वजनिक भएसँगै आलियाको कामको प्रशंसा भएको थियो ।

तर ट्रेलर सार्वजनिक हुनु एक दिन अगाडि निर्माणपक्षले अभिनेता अजय देवगणको गेटअप सार्वजनिक गरेको छ । अजयको गेटअपले दर्शकमा नयाँ उत्साह पैदा गर्ने देखिएको छ ।

चलचित्रमा आलिया यौनधन्दा सञ्चालन गर्ने गंगुबाईको भूमिकामा छिन् । अजय भने चलचित्रमा खलपात्रको भूमिकामा देखिएका छन् । सञ्जयलीला भन्साली बायोपिक र ऐतिहासिक चलचित्र निर्देशनमा अब्बल मानिन्छन् । यसैले यो चलचित्रले पनि बक्स अफिसमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *