अजय देवगनको ‘दृश्यम २’ ले १५० करोड नाघ्यो, वरुणको ‘भेडिया’ले ५० करोड कमाइ


वरुण धवन र कृति सेननको फिल्म २५ नोभेम्बरमा रिलिज भएको थियो र यसले अजय देवगनको फिल्म ‘दृश्यम २’ को गतिलाई रोक्छ भन्ने लागेको थियो तर त्यसो भएन । दृश्यम २ को गति अझै जारी छ र फिल्मले १५० करोडभन्दा बढी कमाइ गरिसकेको छ । योसँगै भेडियाको कुल संकलन ३५ करोड रहेको छ ।

अजय देवगनको दृश्यम २ ले धमाका मच्चाएको छ र कलेक्शन पनि तिब्र गतिमा भइरहेको छ । फिल्म दृश्यम २ ले पहिलो दिन १५.३८ करोड कमाएको थियो । योसँगै फिल्मले ओपनिङ वीकेन्डमा ६४.१४ करोड र पहिलो हप्तामा १०४.६६ करोड कमाएको थियो । योसँगै दोस्रो शनिबारसम्म फिल्मको कलेक्सन १२६.५८ करोड पुगेको छ । फिल्मको कुल कलेक्सन करिब १५५ करोड रुपैयाँ रहेको छ ।

वरुण धवन, कृति सेनन, दीपक डोबरियाल, अभिषेक बनर्जी र पलिन कबाक स्टारर भेडिया नोभेम्बर २५ मा रिलिज भएको छ । फिल्मले पहिलो दिन ७ करोड ४८ लाख कमाएको थियो भने दोस्रो दिन २७ दशमलव ९४ प्रतिशतले बढेर फिल्मको कलेक्सन ९ करोड ५७ लाख पुगेको छ । तेस्रो दिन आइतबार फिल्मले सर्वाधिक ११ करोड ५० लाख रुपैयाँ कमाएको थियो भने सोमबार मात्रै ३ करोड ८५ लाख रुपैयाँ कमाएको थियो । अर्कोतर्फ, सक्कलको रिपोर्ट अनुसार पाँचौ दिन फिल्मले ३.५० करोड कलेक्सन गर्न सक्नेछ । फिल्मको कुल कलेक्सन करिब ३५ देखि ३६ करोड रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *