राष्ट्रपति बाइडेनले समकक्षी पुटिनलाई ‘युद्ध अपराधी’ भनेपछि

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी समकक्षी भ्लादिमिर पुटिन ‘युद्ध अपराधी’ भएको बताएका छन्।  यद्यपि, बाइडेनले ह्वाइट हाउसमा एक सञ्चारकर्मीलाई जवाफ दिने क्रममा बिनातयारी यस्तो प्रतिक्रिया दिएको जनाएको छ।

त्यस्तै, ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले पनि राष्ट्रपति बाइडेनले युक्रेनमा भएको हिंसाको ‘बर्बर’ तस्बिर देखेपछि आधिकारिक रूपमा घोषणा गर्नुभन्दा पनि आफ्नो मनबाट बोलेको बताइन् । तर, ह्वाइट हाउसले राष्ट्रपति बाइडेनले ‘मनै’देखि यस्तो अभिव्यक्ति दिएको जनाएको छ । 

युद्ध अपराध निर्धारण गर्न विदेश मन्त्रालयले सञ्चालन गर्ने एउटा छुट्टै कानुनी प्रक्रिया रहेको र यसबारेमा छुट्टै काम भइरहेको उनको भनाइ छ । पुटिनको निन्दा गर्न बाइडेनले यस्तो भाषा प्रयोग गरेको यो पहिलोपटक हो । बाइडेनको यो टिप्पणीले दुई देशबीच कूटनीतिक तनाव थप्ने सम्भावना रहेको बताइएको छ ।


क्रेमलिनले बाइडेनको उक्त टिप्पणीलाई ‘अस्वीकार्य अनि अक्षम्य’ बताएको बताएका छन् । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसी सरकारी समाचार संस्था ताससँग बोल्दै यस्तो बताएका हुन् । “जुन देशको बमले विश्वका हजारौँ मानिसको ज्यान लिएको छ, त्यहीँ देशको राष्ट्रप्रमुखको यस्तो अभिव्यक्ति अस्वीकार्य अनि अक्षम्य मान्छौँ,” उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *