लामो समयपछि शाहरुखको चलचित्र आउँदै, फरक गेटअपमा देखिने

बलिउड सुपरस्टार शाहरुख खान लामो समयदेखि ठूलो पर्दाबाट टाढा रहे। 

शाहरुख पछिल्लोपटक सन् २०१८ मा रिलिज भएको फिल्म ‘जिरो’मा देखिएका थिए। त्यसपछि उनी कुनै पनि फिल्ममा देखा परेका छैनन्।

अब भने शाहरुखका फ्यानहरुको लागि खुशीको खबर छ। उनी छिट्टै चलचित्र ‘पठान’मा देखापर्ने भएका छन्। 

एकातिर शाहरुख खानले फिल्म पठानको लागि सुटिङ सुरु गरिसकेका छन् भने अर्कोतर्फ शाहरुखको नयाँ फिल्मको बारेमा थप अपडेट छ। नाम नखुलाइएको चलचित्रलाई अरुण कुमार अर्थात अटलीले निर्देशन गर्दैछन्। 

फिल्मको मुख्य अभिनेत्री को हुनेछिन् त? बलिउड सञ्चारमाध्यमका अनुसार नयनतारा यस फिल्ममा शाहरुख खानको साथ देखा पर्दैछिन्।
 
उनी साउथ फिल्म इण्ड्रस्ट्रीकी चर्चित अभिनेत्री हुन्। समाचारका अनुसार नयनताराले यो फिल्ममा हस्ताक्षर गरेकी छन्। यद्यपि नयनताराको क्यारेक्टरबारे जानकारी हालसम्म सार्वजनिक गरिएको छैन।

साथै अटलीको फिल्म र नयनताराको बारेमा पनि आधिकारिक घोषणा गरिएको छैन।

शाहरुख र नयनतारालाई एकसाथ हेर्न प्रशंसकहरू अत्यन्त उत्साहित छन्। शाहरुख अहिले फिल्म ‘पठान’को सुटिङमा व्यस्त छन्। 

दीपिका पादुकोण यस फिल्ममा शाहरुखको साथ देखापर्दैछिन्। साथै, जोन अब्राहम पठानको नेगेटिभ क्यारेक्टरमा देखिनेछन्।
 
खबरका अनुसार शाहरुख यस फिल्ममा नयाँ गेटअपमा देखिनेछन्। अटलीको फिल्म बाहेक, शाहरुख खान राजकुमार हिरानीको फिल्ममा समेत देखा पर्नेछन्। जसको सुटिङबारे अहिलेसम्म खुलाइएको छैन। एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *