अफगानिस्तानसित हारे भारत आउट

आईसीसी ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि दाबेदार मानिएको भारत यो संस्करणको सुरुवातदेखि नै कमजोर बन्यो । भारत पहिलो खेलमा पाकिस्तानसँग पराजित हुँदा दोस्रो खेलमा न्युजिल्यान्डसँग हार्‍यो ।

प्रतियोगिताअन्तर्गत तेस्रो खेल खेल्न लागेको भारतलाई पहिलो चरणबाटै बाहिरिने डर छ । आजको खेलमा पराजित भए भारत पहिलो चरणबाटै बाहिरिनेछ । भारतले शेख जायद क्रिकेट स्टेडियममा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दै छ ।

आजको खेलमा सहज जित निकाल्दै अफगानिस्तान सेमिफाइनलमा पुग्न आफ्नो स्थान बलियो बनाउने योजनामा छ । पहिलो खेलमा स्कटल्यान्डलाई हराएको अफगानिस्तान दोस्रो खेलमा पाकिस्तानसँग पराजित भएको थियो । अफगानिस्तानले तेस्रो खेलमा नामिबियालाई हराएको थियो ।

समूह ‘बी’मा रहेको अफगानिस्तान तीन खेलबाट ४ अंक जोडेर तेस्रो स्थानमा छ । ८ अंक जोडेर शीर्ष स्थानमा रहेको पाकिस्तान सेमिफाइनलमा पुगिसकेको छ । त्यसैले आजको खेल आफगानिस्ताका लागि महत्त्वपूर्ण रहेको छ । आजको खेलमा जित निकाले अफगानिस्तानको  सेमिफाइनल यात्रा लगभग तय हुनेछ । किनभने, अफगानिस्तानको नेट रनरेट राम्रो छ ।

भारतका लागि भने सेमिफाइनल पुग्ने सम्भावना कमजोर छ । भारतले बाँकी रहेका तीन खेलमा फराकिलो जित निकाल्नुपर्ने हुन्छ । भारतलाई फराकिलो जितले मात्र पुग्ने छैन, भारतलाई न्युजिल्यान्ड र अफगानिस्तानको हार पनि आवश्यक हुन्छ । त्यसैले भारतको सेमिफाइनल प्रवेश सम्भावना कमजोर छ ।

भारत र अफगानिस्तान हालसम्म टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा दुईपटक मात्र आमने–सामने भएका छन् । टी–ट्वान्टी विश्वकपमा भएका दुई खेलमा भारत विजयी भएको छ । त्यसैले पनि आजको खेलमा भारत अफगानिस्तानविरुद्ध बलियो मानसिकतामा हुनेछ ।

अफगानिस्तान आफूलाई अब्बल प्रमाणित गर्न चाहन्छ । अफगानिस्तानको ब्याटिङ र बलिङ पक्ष दुवै बलियो छ । भारत र अफगानिस्तानबीचको खेल नेपाली समयानुसार साँझ ७ः४५ बजे सुरुवात हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *