एएफसी वुमेन्स कप : नेपालको समूहमा फिलिपिन्स र हङकङ

एएफसी वुमेन्स एसियन कप २०२२ को क्वालिफायरमा नेपालले हङकङ र फिलिपिन्ससँग खेल्ने भएको छ ।

मलेसियाको क्वालालम्पुरमा बिहीबार भएको भर्चुल ड्र अनुसार नेपाल समूह एफमा परेको हो । यस समूहमा नेपालसँगै हङकङ र फिलिपिन्स छन् । यस समूहको आयोजकको रुपमा नेपाल रहनेछ र नेपालले घरेलु मैदानमै खेल्ने अवसर पाउनेछ ।

एसियाली फुटबल महासंघ (एएफसी) ले बिहीबार सार्वजनिक गरेको ड्रअनुसार नेपालसहित हङकङ र फिलिपिन्स यो समूहमा परेका छन्।

फिफा वरीयतामा फिलिपिन्स ६८औं, हङकङ ७६औं र नेपाल १०१औं स्थानमा छन्।

समूहको खेल नेपालमा हुनेछन्। खेल सेप्टेम्बर २०२१ मा हुनेछ।

समूहको शीर्ष टिम जनावरी २०२२ मा भारतमा हुने एएफसी वुमेन्स एसियन कपमा छनोट हुनेछ।

छनोटमा आठ समूहमा भिडन्त हुनेछ। आठ समूहका शीर्ष आठ टिम, आयोजक भारत, जापान, अस्ट्रेलिया र चीन गरी १२ टिमबीच वुमेन्स एसियन कपमा प्रतिस्पर्धा हुनेछ।

वुमन्स एसियन कप भारतका तीन शहरमा सञ्चालन हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *