एडीबीले बंगलादेशमा खोप उत्पादनका लागि ३३८ मिलियन उपलब्ध गराउने भएको छ

एसियाली विकास बैंकले कोभिड–१९ र डेंगु जस्ता विभिन्न रोगविरुद्धको खोप निर्माणका लागि बंगलादेशलाई ३३ करोड ८० लाख अमेरिकी डलर आर्थिक सहयोग गर्न अगाडि आएको छ ।

एसियाली विकास बैंकका देशीय निर्देशक एडिमन गिन्टिङ र बंगलादेशका योजनामन्त्री एमए मन्नानबीच ढाकामा भएको बैठकपछि उक्त निर्णय भएको हो ।

बंगलादेशलाई भ्याक्सिनको आयातका लागि अन्य देशहरूमाथिको निर्भरता कम गर्न र देशमा थप उत्पादनलाई सहज बनाउन मद्दत गर्न यो पहल गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *