अभिनेत्री मिमी चक्रवर्ती कोरोना संक्रमित

अभिनेत्री तथा टीएमसी सांसद मिमी चक्रवर्ती कोरोना संक्रमित भएकी छन् । आफु कारोना संक्रमित भएको उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन् । ‘म निकै सावधानी अपनाइरहेकी थिए । तर पनि कोरोना संक्रमित भएकी छु’ उनले अगाडि लेखेकी छन् ‘पछिल्लो केही दिनयता म घरबाट बाहिर निस्किएकी छैन ।


पब्लिकसँग  भेटेकी पनि छैन ।’ आफु डाक्टरको रेखदेख र होम आइसोलेशनमा रहेको समेत बताएकी खुलाएकी छन् । भनिन् ‘सुरक्षित रहन र माक्स लगाउन सबैलाई अनुरोध गर्दछु ।’

बलिउडमा पछिल्लो समय थुप्रै सेलिब्रेटी कोरोना संक्रमित भएका छन् । जसमा अभिनेता अर्जुन कपुर, करिना कपुर, सीमा खान, महेश बाबु, शनाया कपुरलगायत रहेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *