हैदराबादको सौदाबाद इलाकामा ५ वर्षकी बालिकामाथि दुष्कर्म र हत्याका अभियुक्त पल्लनकोन्डा राजूको शव बिहिबार रेलको लिकमा भेटिएको छ । तेलंगाना प्रहरीले राजूको शव भेटिएको पुष्टि गरेको छ । फरार आरोपी राजूको शव वारंगलको घनपुर नजिकै रेलको लिकमा भेटिएको हो । प्रहरीका अनुसार राजूको शव बिहिबार बिहान रेलको लिकमा भेटिएको थियो । मृतकको शरीरमा भएका निशान र ट्याटुले उनको सनाखत गरिएको हो । प्रहरीले दिएको जानकारी अनुसार उनका परिवारका सदस्यलाई घटनाबारे सूचना दिइएको छ । तेलंगानाका मन्त्री केटी रामारावले पनि ट्वीटरमा यो घटनाबारे जानकारी दिएका छन् । केटीआरले ट्वीट गरे, ‘तेलंगानाका डीजीपीले हालै सूचित गरे अनुसार बालिकामाथि बलात्कार गर्ने जनावरबारे पत्ता लगाइएको छ र ऊ घनपुर नजिकैको रेलको लिकमा मृत भेटिएका छन् ।’
#AttentionPlease : The accused of "Child Sexual Molestation and murder @ Singareni Colony, found dead on the railway track, in the limits of #StationGhanpurPoliceStation.
— DGP TELANGANA POLICE (@TelanganaDGP) September 16, 2021
Declared after the verification of identification marks on deceased body. pic.twitter.com/qCPLG9dCCE
पोस्टमार्टमपछि शव परिवारलाई सम्पिइनेछ ।
प्रहरीले ९ सेप्टेम्बरदेखि पल्लकोन्डा राजूलाई पक्राउ गर्नका लागि एक अभियान सुरु गरेका थिए ।
उनले आफ्नो घर नजिकै खेलिरहेकी ६ वर्षकी बालिकालाई चकलेटको लोभ देखाएर उनीमाथि बलात्कार गरेको आरोप छ । बालिकाको शव एउटा घरभित्र भेटिएको थियो ।
तेलंगाना प्रहरीले उनीबारे जानकारी दिनेलाई १० लाख भारु इनाम दिने घोषणा गरेको थियो ।
आरोपीको शव भेटिएपछि हैदराबाद प्रहरी र सरकारमाथि विपक्षीले प्रश्न उठाइरहेका छन् किनभने दुई दिन अघि मात्रै राज्यका श्रममन्त्री मल्ला रेड्डीले आरोपीलाई इन्काउन्टरमा मारिने बताएका थिए ।
Just been informed by @TelanganaDGP Garu that the beast who raped the child has been traced & found dead on a railway track at station Ghanpur#JusticeForChaithra https://t.co/TCx2BHvVhG
— KTR (@KTRTRS) September 16, 2021
मल्ला रेड्डी मंगलबार मेडचल–मलकाजगिरि जिल्लामा एक कार्यक्रममा सहभागी हुन पुगेका थिए । त्यहाँ उनले भनेका थिए, ‘बलात्कार गर्ने ३० वर्षका आरोपी कुनै पनि हालतमा पक्राउ पर्नेछन् र उनलाई इन्काउन्टमा मारिनेछ । उनलाई छोड्ने कुनै प्रश्न नै उठ्दैन । बालिकालाई न्याय दिलाउनका लागि यो मामिलाको ट्रायल तीब्र रुपमा हुनेछ । हामीले पीडितका परिवारलाई भेट्नेछौं । उनीहरुको मद्दत गर्नेछौं र क्षतीपूर्ति पनि दिनेछौं ।’