बंगलादेशमा हिन्दूहरूमाथिको आक्रमण योजनाबद्ध भएको त्यहाँका गृहमन्त्रीको भनाइ

बंगलादेशका गृहमन्त्रीले दुर्गा पूजा पण्डालहरूमा भएको आक्रमण पूर्व नियोजित भएको र त्यसको तयारी लामो समयदेखि गरिएको बताएका छन् । देशमा साम्प्रदायिक सद्भाव भत्काउनका लागि यसो गरिएको उनको भनाइ छ । 

गृहमन्त्री अस्दुज्जमां खानले बताए, ‘एक समूहले निहित स्वार्थका साथ हिंसा चर्काएको हो । कोमिल्ला, रामु र नासिरनगरमा साम्प्रदायिक हिंसामार्फत देशलाई अस्थिर बनाउने कोशिश गरिएको हो ।’

आफूहरूसँग बलियो प्रमाण् जम्मा भएपछि अपराधीहरूलाई कठोर सजाय दिने उनले बताए । 

बंगलादेशमा शुक्रवार कुरानको अपमान गरिएको भन्दै दुर्गा पूजा पण्डाल र हिन्दू मन्दिरहरूमा आक्रमण गरिएको थियो । इस्कोन मन्दिरमा तोडफोड पनि गरिएको थियो । 

त्यसपछि भड्किएको हिंसाका क्रममा हिन्दू समुदायको घर र पसललाई तारो बनाइएको थियो । 

हिंसाका कारण जनधनको क्षति भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *