बलिउड अभिनेता आमिर खानले आफ्नो बहुप्रतिक्षित फिल्म ‘लाल सिंह चड्डा’ लाई तोकिएको समयमा रिलिज गर्न नसक्ने बताएका छन् । दर्शकसँग क्षमा माग्दै कोरोनाका कारण फिल्मको काम निर्धारित समयमा नसकिएपछि यो फिल्मको प्रदर्शन मिति आफूहरूले सार्नुपरेको बताएका छन् ।
यो फिल्म यसअघि १४ अप्रिल अर्थात् आगामी १ वैशाखमा हलमा प्रदर्शन गर्ने तय भएको थियो । तर, समयमा निर्माण कार्य नसकिएपछि अब अब ११ अगस्टमा हलमा रिलिज गर्ने उनले बताएका छन्।
प्रोडक्सन हाउसको सामाजिक सञ्जाल ह्यान्डलमार्फत आमिरले रिलिजको यो नयाँ मिति सार्वजनिक गरेका हुन् ।
नयाँ रिलिज मितिको बारेमा जानकारी दिँदै लेखिएको छ, ‘हाम्रो फिल्म लाल सिंह चड्डा योजनाअनुसार १४ अप्रिलमा रिलिज नहुने घोषणा गरिएको छ । समयमै फिल्म पूरा गर्न नसक्दा यस्तो भएको हो। यो फिल्म अब ११ अगस्ट २०२२ मा विश्वभरका सिनेमाघरहरूमा रिलिज हुनेछ।’
यसरी, लालसिंह चड्डाले १४ अपिलमा यो पिल्म नल्याउने बताएपछि अर्को फिल्म आदिपुरुषको टिमलाई आमिरलाई धन्यवाद ज्ञापन गरेको छ।
अब ११ अगस्टमा रिलिज हुने भनिएको प्रभासको फिल्म आदिपुरुषको रिलिज मिति सारिएकोमा आमिरले यो फिल्मको टिमलाई धन्यवाद दिएका हुन् ।
तर ११ अगस्टमा अक्षय कुमार र भूमिको फिल्म रक्षाबन्धनसँग सिनेमा हलमा आमिरको फिल्म जुध्नेछ। राजधानी दैनिकमा खबर छ ।