आमिताभको झुण्ड हेर्दा आमिरले थाम्न सकेनन् आँशु

अमिताभ बच्चनको फिल्म झुण्ड हेरेर अर्का अभिनेता आमिर खानले आँशु थाम्न सकेनन् । यो फिल्मको प्रिमियरमा पुगेका आमिर फिल्म हेर्ने क्रममा रोएका हुन् ।

‘फिल्म मैले हेरें । हेर्दै जाँदा यति धेरै मन छोयो कि पटक पटक म त रोएछु,’ फिल्म हेरिसकेपछि आमिरले भने । आफूलाई फिल्म साह्रै मन परेको पनि उनले बताएका छन् । आफूले अमिताभ बच्चनको अहिलेसम्म हेरेको फिल्ममध्ये यो फिल्म उत्कृष्ट लागेको पनि आमिरले दाबी गरेका छन् । राजधानी दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *