चोरीको स्कुटी सहित युवक पक्राउ

सिलगढी महानगरपालिकाको माटिगारा थानाको प्रहरीले चोरीको स्कुटीसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिको नाम मोहम्मद नाजिर हो। फेब्रुअरी ११ को राती माटिगाराको उत्तरायणबाट एउटा स्कुटी चोरी भएको थियो। घटनापछि मालिक माटिगारा प्रहरी चौकीमा उजुरी परेको थियो।उजुरीका आधारमा प्रहरीले एक महिनाको अनुसन्धानपछि चोरीको स्कूटी बरामद गरेको थियो।आरोपीको सिलगढी अदालतमा शुक्रबार मुद्दा दायर गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *