दुईदिने लिलामीमा २०४ जना खेलाड़ीमाथि खर्च गरियो ५५१.७ करोड़ रुपियाँ

इण्डियन प्रीमियर लीग (आईपीएल) -को दुई दिनसम्म चलेको मेगा लिलामीमा जम्मा २०४ जना खेलाड़ीमाथि टोलीहरूले बोली लगाए। खेलाडीहरूमाथि धनको वर्षा गर्ने यस लिलामीमा १० वटा टोलीको जम्मा ५५१.७ करोड़ रुपियाँ खर्च भयो इङ्ग्ल्याण्डका ब्याटर लियाम लिविङ्गस्टोनलाई आइतवार पञ्जाब किङ्ग्सले ११.५० करोड़ रुपियाँमा हासिल गर्यो । दोस्रो दिनको लिलामीमा उनी सबैभन्दा महँगो खेलाड़ी रहे जबकि मुम्बई इण्डियन्सले पेस बलर जोफ्रा आर्चरको निम्ति आठ करोड़ रुपियाँ खर्च गर्यो तर चोटले गर्दा उनले आईपीएलको यस सत्रमा खेल्ने सम्भावना कम्ती नै रहेको छ। टोलीहरूले भारतका वर्तमान खेलाडीहरूमाथि भारी धनराशि खर्च गयो जबकि विदेशीहरूमा लयमा रहने खेलाडीहरूमाथि ध्यान दिइयो । फ्रेञ्चाइजीहरूले स्टीव स्मिथ, एरोन फिञ्च, सुरेश रैना र ईशान्त शर्मा जस्ता ठूलो नामहरूमा चासो देखाएन। दुई दिनसम्म चलेको लिलामी आइतवार समाप्त भयो, जसमा सनराइजर्स हैदराबाद र पञ्जाब किङ्ग्सले मोटो धनराशि लगायो जबकि मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्स ब्याटिङ्गमा दहिलो तर बलिङ्गमा कमजोर देखिएको छ।

पञ्जाबले बेष्ट इण्डिजका पेस बलर ओडियन स्मिथको निम्ति ६ करोड़ रुपियाँ खर्च गयो । भारतका देब्रे हातका बलर खलील अहमद र चेतन सकारियाको निम्ति पनि फ्रेन्चाइजीले असल बोली लगायो। खलील ५ करोड़ २५ लाख अनि सकारिया ४ करोड़ २० लाख रुपियाँमा बिके। अन्य भारतीय खेलाडीहरूमा ठूलो शहरू खेल्नमा रिप्पु अलराउण्डर शिवम दुबेलाई चेन्नई सुपर अलराउण्डर रोमारियो शेफर्डलाई ७.७५ करोड रुपियाँमा हासिल गयो । भारतीय विकेटकीपर रिद्धिमान साहा, अष्ट्रेलियाका म्याथ्यू वेड र महान क्रिकेटर सचिन तेन्दुलकरका छोरा अर्जुनलाई मुम्बईले ३० लाख रुपियाँमा किन्यो । दोस्रो दिनको लिलामीको आकर्षण लिविङ्गस्टोन रहे, जसलाई १० लाख डलरभन्दा अधिकको अनुबन्ध हासिल भयो । TATA उनको निम्ति एक समय त पाँचवटा टोलीले बोली लगाइरहेको थियो। लिविङ्गस्टोनले गत सत्रमा राजस्थान रोयल्सबाट खेलेका थिए तर धीमा पीचहरूमा उनको प्रदर्शन आशानुरूप रहेको थिएन।

हालै टेस्ट शृङ्खलाको अवधि भारतीय ब्याटरहरूलाई सताउने दक्षिण अफ्रिकी पेसर मार्को जेनसनको निम्ति सनराइजर्सले ४.२० करोड़को बोली लगायो। ओडियन स्मिथमाथि फ्रेंचाइजीहरूले निक्कै चासो देखाए कारण उनले हालै भारत विरुद्ध एकदिने शृङ्खलामा आफ्नो गति र नियन्त्रणद्वारा सबैलाई प्रभावित गरेका थिए । दुईदिने लिलामीमा बिक्ने २०४ जना खेलाडीहरूमा ६७ जना विदेशी थिए । फ्रेन्चाइजीहरूले लिलामी अघि ३३ जना खेलाडीलाई रिटेन गरेका थिए, जसमा १० जना विदेशी थिए। यसरी आईपीएल २०२२ मा ७७ जना विदेशी खेलाडीहरूलाई देख्न पाइनेछ । एउटा टोलीमा अधिकतम् आठजना विदेशी खेलाड़ी हुन सक्छन् । पञ्जाब किड्स, लखनऊ सुपर जाइण्ट्स र दिल्ली क्यापिटल्सले ७ ७ जना विदेशी खेलाडी हासिल गरेको छ । अन्य सबै टोलीमा ८-८ जना विदेशी खेलाड़ी रहेका छन् । यी विदेशी खेलाडीहरूमा सर्वाधिक १७ जना वेष्ट इण्डिजका रहेका छन्। त्यसपछि अष्ट्रेलिया र इङ्ग्ल्याण्डका १३-१३ जना खेलाड़ी छन्।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *