अलिपुरद्वार : अलिपुरद्वार जिल्लाको मदारीहाट बिरपारा ब्लकको डिमडिमा चिया बगानका चिया मजदुरका छोरा शिव कुजुर मात्र ६० रुपैयाँको चिठ्ठा टिकट किनेर करोडपति बने । उनले १ करोडको चिठ्ठा जितेका छन् । जानकारीका अनुसार शिव लामो समयदेखि लटरी टिकट किन्दै थिए।
उनले लटरी जितेर करोडपति बन्ने सपना देखेका थिए। उनले ६० रुपैयाँको लटरी टिकट किनेका थिए । लटरीको टिकट किनेर नतिजा जाँच्दा थाहा पाए कि १ करोड रुपैयाँको प्रथम पुरस्कार प्राप्त गरेको छ।
अचानक उसले पत्याउनै सकेन। पछि उसले थाहा पाउँछ कि उसले साँच्चै लटरीमा १ करोड रुपैयाँको पहिलो पुरस्कार जितेको छ।