प्रतिदिन आफ्नो कर्तव्यमा समर्पित चिकित्सकहरूको सम्मानमा मेदान्ताले चिकित्सक दिवसको अवसरमा ‘अनरिङ द ओथ’ (प्रतिज्ञाको सम्मान) शीर्षक चलचित्र सार्वजनिक गर्‍यो

राष्ट्रिय चिकित्सक दिवस २०२५ को अवसरमा भारतको प्रमुख सुपर-स्पेसियालिटी अस्पतालहरूमध्ये एक, तथा लगातार ६ वर्षदेखिन्यूज विकद्वारा भारतको उत्कृष्ट निजी अस्पतालको रूपमा मान्यता प्राप्तमेदान्ता- द मेडिसिटिले ‘प्रतिज्ञाको सम्मान’ शीर्षकको एक नयाँ भावनात्मक चलचित्र सार्वजनिक गरेको छ।यो चलचित्र प्रत्येक चिकित्सकले लिने-र हरेक दिन जिउने- पवित्र प्रतिज्ञाप्रति एक श्रद्धाञ्जली हो। यसले चिकित्सकीय प्रतिज्ञालाई केवल औपचारिकताका रूपमा होइनतर हरेक उपचार र सेवा कार्यमा मार्गदर्शक शक्तिको रूपमा आत्मसात् गर्ने चिकित्सकहरूको अटल समर्पणलाई सम्मान जनाउँदछ।

यस चलचित्रमार्फत मेदान्ताले भारत रत्न डा. बी. सी. रोयलाई स्मरण गर्दछ। डा. रोय ती दूरदर्शी नेता थिए  जसले भारतीय चिकित्सक संघ (आईएमए) र मेडिकल काउन्सिल अफ इन्डिया (एमसीआई) स्थापित गरे। उनको जन्मजयन्तीलाईराष्ट्रिय चिकित्सक दिवसको रूपमा मनाइन्छ। चलचित्रले चिकित्सा पेशाको आधारभूत मूल्यहरूलाई उजागर गर्न उनको प्रेरणादायी योगदानलाई केन्द्रमा ल्याएको छ।चिकित्सकहरूको प्रतिज्ञालाई दृश्यात्मक रूपमा वर्णन गर्दै र उक्त प्रतिज्ञा कसरी वास्तविक चिकित्सकीय परिवेशमा निभाइन्छ भन्ने देखाउँदै, यो चलचित्रले जनमानसमा चिकित्सकहरूले दिनहुँ अविचल, निःस्वार्थ, नैतिक र करुणामय सेवामार्फत दिने योगदानप्रति गहिरो कदर विकसित गर्न लक्ष्य राखेको छ।यस चलचित्रले यो स्मरण गराउँछ कि मेदान्तामा चिकित्सा केवल एक पेशा होइन, बरु मानवता प्रतिको आजीवन समर्पण हो।

मेदान्ताका अध्यक्ष तथा प्रबन्ध निर्देशक डा. नरेश त्रेहानले भने:“यो चलचित्रले मेदान्ताको आत्मालाई समेटेको छ-जहाँ उपचार केवल एक पेशा होइन, बरु एक उद्देश्य हो।”यसले हामीलाई सम्झाउँछ कि साँचो उपचार केवल चिकित्सकीय दक्षतामा सीमित हुँदैन; यो इमानदारी, सहानुभूति र अटल जिम्मेवारीबोधको आधारमा निर्मित हुन्छ।हाम्रा चिकित्सकहरूले लिने प्रतिज्ञा केवल औपचारिकता होइन- यो हरेक निर्णय र हरेक उपचारमार्फत प्रतिदिन जिउने विषय हो। मेदान्तामा हामी प्रविधिद्वारा प्रेरित छौं र अरूलाई नपछ्याउने तर स्वंयलाई नेतृत्व दिने यस्ता चिकित्सकद्वारा निर्देशित हुन्छन्।

भावनात्मक शैलीमा प्रस्तुत गरिएको यस चलचित्रले भारतीय मेडिकल काउन्सिलको आचारसंहितालाई जीवन्त बनाएको छ- त्यही गम्भीर शब्दहरू मार्फत, जुन प्रत्येक चिकित्सकले आफ्नो पेशागत यात्राको सुरुवातमा उच्च स्वरमा उच्चारण गर्छन्।जसै प्रतिज्ञा प्रस्तुत हुँदै जान्छ, पर्दा चिकित्सकहरूको प्रेरणादायी कार्यदृश्यहरूले जीवित हुन्छ- बिरामीलाई सम्मानपूर्वक उपचार गर्ने, धर्म वा सामाजिक हैसियतको भेदभाव नगरी सेवा गर्ने, बिरामीको गोपनीयता सुरक्षित राख्नेर हरेक आपत्कालीन अवस्थामा करुणासाथ नेतृत्व गर्ने शक्तिशाली दृश्यहरूले चलचित्र भरिन्छ।प्रत्येक दृश्यसँगै चलचित्रले यो तथ्यलाई सुदृढ गर्छ कि प्रतिज्ञा केवल एकपटक उच्चारण गरिने शब्द मात्र होइन- यो निरन्तर, मौन समर्पणका कार्यहरूबाट निभाइन्छ।चलचित्रको अन्त्य एक शक्तिशाली सन्देशसहित हुन्छ: मेदान्तामा प्रतिज्ञा केवल सम्झने कुरा होइन- यो प्रत्येक दिन जिउने अभ्यास हो।

यस मार्मिक कथा–वाचनमार्फत मेदान्ताले संसारलाई स्मरण गराउँछ कि साँचो स्वास्थ्यसेवा केवल उपचारमा सीमित हुँदैन- यो अन्तरात्मा, मर्यादा, समानता र सेवामा आधारित हुन्छ।‘प्रतिज्ञाको सम्मान’ती सबैलाई एक श्रद्धाञ्जली हो, जो मानवता प्रति केवल उपचार दिने हातबाट होइन, माया र करुणाले भरिएका हृदयबाट सेवा गर्छन्।

पूरा भिडियो यहाँ हेर्नुहोस्: https://www.youtube.com/watch?v=jL-YvsZa9QQ

फेसबुक: https://www.facebook.com/medanta/

ट्विटर: https://x.com/medanta

इन्सटाग्राम: https://www.instagram.com/medanta/?hl=en

युट्यूब: https://www.youtube.com/user/MedantaTheMedicity

लिङ्केदिन: https://in.linkedin.com/company/medanta

By Business Bureau