90 ग्राम ब्राउन सुगरसहित एकजना लागू औषधी कारोबारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्ने व्यक्तिको नाम सुदीप राय (29) हो। तिनी नक्सलबाड़ीको शान्तिनगरका वासिन्दा हुन्। पुलिस सूत्रअनुसार आज गुप्त सूचनाको आधारमा शान्तिनगर क्षेत्रमा अभियान चलाउँदै गर्दा सुदीप लागू औषधी लिएर घर गइरहेका थिए। तिनलाई रोकेर खोजतलासी गर्दा तिनको बाइकबाट 90 ग्राम ब्राउन सुगर फेला पऱ्यो। त्यसपछि लागू औषधी कारोबारको आरोपमा तिनलाई नक्सलबाड़ी थाना पुलिसले पक्राउ गरेको हो। घटनास्थलबाट पुलिसले सुदीपको बाइक पनि अधीनमा लिएको छ।
पुलिस सूत्रले जनाएअनुसार, केही समयअघि टुकरिया मोड़मा पक्राउ परेका तीनजना लागू औषधी कारोबारीसित सुदीपको प्रत्यक्ष सम्बन्ध रहेको छ। तिनलाई आज सिलगढ़ी महकुमा न्यायालयमा प्रस्तुत गरिएको छ। सम्पूर्ण घटनाको जाँच भइरहेको पुलिसले जनाएको छ।
ब्राउन सुगरसहित एक व्यक्ति पक्राउ
