सिलिगुडी शहरका जनताका लागि अर्को खुसीको खबर छ। सिलिगुडीमा चाँडै नै अत्याधुनिक प्रसूति अस्पताल निर्माण हुँदैछ। यो नयाँ अस्पतालमा ३० शैया हुनेछ र यसमा धेरै आधुनिक सेवाहरू हुनेछन्।
यसबारे जानकारी दिँदै शहरका मेयर गौतम देवले यस अस्पतालमा ईसीजी, अल्ट्रासाउन्ड, रक्त बैंक र २४ सै घण्टा खुल्ने औषधि पसल रहने बताए। अस्पतालमा डाक्टरहरूको लागि बस्ने व्यवस्था पनि गरिनेछ।
प्रशासनले आशा गरेको छ कि यो नयाँ पहल मार्फत आम जनताले सजिलै र कम लागतमा राम्रो चिकित्सा सेवा पाउनेछन्। मेयरले शहरको स्वास्थ्य पूर्वाधारलाई अझ बलियो बनाउन यो कदम चालिएको बताए।
