कोरोनाको बढ्दो संक्रमणबारे प्रधानमन्त्रीले गरे बैठक चर्चा गर्न मुख्यमन्त्रीहरूसँग पनि बैठक डाकियोस् : मोदी

देशमा तीव्र गतिले बढिरहेको कोरोना भाइरसको संक्रमणमाझ नै प्रधानमन्त्री नरेन्द्र मोदीले आइतवार मन्त्री र अधिकारीहरूसँग आपतकालीन बैठक गरे। भीडियो कन्फ्रेन्समार्फत गरिएको बैठकमा ओम क्रिोनको बढ्दो संक्रमणमाझ देशमा कोभिड- १९ महामारीको स्थितिको सम दीक्षा गरियो । बैठकमा केन्द्रिय गृहमन्त्री अमित शाह, केन्द्रिय स्वास्थ्य मन्त्री मनसुख माण्डविया, क्याबिनेट सचिव राजीव गाबा, गृह सचिव अजय भल्ला, स्वास्थ्य सचिव राजेश भूषण, आईसीएम आरका शीर्ष अधिकारीहरू सामेल भए। प्राप्त जानकारीअनुसार बैठकमा कोरोना स्थितिको समीक्षा गरिनसाथै सोमवार देशका सबै राज्यका स्वास्थ्यम न्त्रीसँग केन्द्रिय स्वास्थ्य मन्त्री मनसुख माण्डवीयको बैठक आयोजना गर्ने निर्णय लिइयो। सोमवारको बैठकमा प्रत्येक राज्यको कोरोना परिस्थितिबारे चर्चा हुनेछ ।

प्रधानमन्त्रीले देशमा ओमीक्रोन भेरिएण्टले गर्दा बढिरहेको कोभिड मामि लालाई ध्यानमा राख्दै तयारीहरूमा विशेष ध्यान दिने निर्देश दिए। तिनले देशमा कोभिड- १९ महामारीको स्थिति, स्वास्थ्य आधारभूत ढाँचा अनि लजिस्टिकलाई लिएर गरिदैरहेका तयारीहरू, देशमा भ्याक्सिनेशन अभियानको स्थिति अनि नयाँ कोभिड- १९ भेरिएण्ट ओमीक्रोनको आँकलन गर्नको निम्ति एउटा उच्चस्तरीय बैठकको अध्यक्षता गरे। बैठकमा स्वास्थ्य सचिवद्वारा वर्तमानमा विश्वस्तरमा रिपोर्ट गरिँदैरहेका मामिलाहरूमा वृद्धिबारे एउटा विस्तृत रिपोर्ट प्रस्तुत गरियो ।

प्रधानमन्त्री कार्यालयबाट जारी बयानमा भनिएअनुसार समीक्षा बैठक अवधि, मोदीले जिल्लास्तरमा पर्याप्त स्वास्थ्य आधारभूत ढाँचा सुनिश्चित गर्ने आवश्यकतामाथि बल दिए। तिनले अधिकारीहरूलाई यस सम्बन्धमा राज्यहरूसँग समन्वय बनाइराख्न भने । प्रधानमन्त्रीले किशोर किशोरीहरूको निम्ति भ्याक्सिन अभियान अझ तीव्र गर्न आग्रह गरे। मोदीले धेर मामिलाको रिपोर्ट गर्ने कण्टेनमेण्ट जोनमा गहन नियन्त्रण अनि सक्रिय नजर जारी राख्ने निर्देश दिए। वर्तमानमा धेर संक्रमित रिपोर्ट गर्ने राज्यहरूलाई आवश्यक तक्निकी सहायता प्रदान गर्ने निर्देश पनि तिनले दिए । यस अवधि मोदीले भने, राज्यका विशिष्ट परिदृश्यहरू, सर्वोत्तम प्रथाहरू अनि सार्वजनिक|

Leave a Reply

Your email address will not be published. Required fields are marked *