नेताजी सुभाष प्राइमरी स्कूल, वार्ड नम्बर ६, अमरतला मोड, कुचबिहारमा कानुनी जागरुकता शिविरको आयोजना गरिएको थियो ।जनतालाई सचेत गराउन जिल्ला कानुन सेवाद्वारा यो कानुनी जागरूकता शिविरको आयोजना गरिएको थियो ।
कार्यक्रममा कूचबिहार जिल्ला अदालतका न्यायाधीश, वार्ड नम्बर ६ का काउन्सिलर सुभ्रांशु साहा सहित विद्यालयका शिक्षक तथा अभिभावकहरुको सहभागिता रहेको थियो ।
शिविरमा विभिन्न कानुनी सेवाका बारेमा छलफल भएको थियो । मूलतः छलफलको मुख्य विषय पोक्सो ऐन थियो। यसका बारेमा सर्वसाधारणले जानकारी पाउन सक्ने गरी विभिन्न कानुनी प्रावधानमाथि पनि छलफल भएको थियो ।