पश्चिम बंगालको कुचबिहारमा एउटा हृदयविदारक घटना सार्वजनिक भएको छ, चार वर्षीया बालिकासँगै आमाले गरिन् आत्महत्या

पश्चिम बंगालको कुचबिहार जिल्लामा एउटी आमाले आफ्नी चार वर्षीया छोरीसहित आत्महत्या गरेको एउटा हृदयविदारक घटना सार्वजनिक भएको छ ।आमा र बच्चाको असाधारण मृत्युले कुचबिहारमा सनसनी मच्चाएको छ । चार वर्षीया बालिकाको हत्यापछि आमाले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।यो घटना कुचबिहारको गडियाघाटको ग्राम पञ्चायत नम्बर २ को इन्द्रजित कालोनीमा भएको हो। बुधबार यो घटना बाहिर आएपछि वरपरको क्षेत्रमा हलचल मच्चिएको प्रहरीले घटनास्थलबाट बालिका र ३४ वर्षीया महिलाको शव निकालेर पोष्टमार्टमका लागि पठाएको छ । यद्यपी यो घटनाको कारण भने खुल्न सकेको छैन । प्रहरीले सम्पूर्ण घटनाको अनुसन्धान सुरु गरेको छ ।

.