पाकिस्तानलाई एक खेल अगावै सिरिज

पाकिस्तानले बंगलादेशसँगको तीन टि२० आई खेलको सिरिज खेल अगावै २–० ले जितेको छ । दोस्रो खेलमा शनिबार पाकिस्तानले बंगलादेशलाई ८ विकेटले हराउँदै सिरिज एक खेल अगावै पक्का गरेको हो ।

जितको लागि १ सय ९ रनको सामान्य विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १८.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । पाकिस्तानको जितमा फखार जमान ५१ बलम २ चौका र ३ छक्कासहित सर्वाधिक ५७ रनमा अविजित रहे । मोहम्मद रिजवान ४५ बलमा ४ चौकासहित ३९ रनमा क्याच आउट भए । दोस्रो विकेटका लागि जमान र रिजवानले ८५ रनको साझेदारी गर्दै सहज जित दिलाए ।

तीव्र गतिका बलर मुश्ताफिजुर रहमानले ओपनर तथा कप्तान बाबर आजमलाई एक रनमा बोल्ड आउट गरेका थिए । बंगलादेशका मुस्तफिजुर रहमान र अमिनुल ईस्लामले १(१ विकेट लिए ।

त्यसअघि शेरे बंगला नेशनल स्टेडियम ढाकामा टस जितेर पहिला ब्याटिङ थालेको घरेलु टोली बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै मात्र १ सय ८ रन बनाएको थियो । बंगलादेशका शीर्षक्रमका ब्याटर नाज्मुल सान्टोले ३४ बलमा ५ चौका सहित सर्वाधिक ४० रनको योगदान दिए । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । अफिफ हुसैन २०, महमुदूल्लाह रियाद १२ र नुरुल हसनले ११ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पाकिस्तानका स्पिनर शादब खानले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । मोहम्मद वासिम जुनियरले ३ ओभरमा ९ रन खर्चेर १ विकेट लिए । हरिस रौफ र मोहम्मद नवाजको नाममा १–१ विकेट रह्यो ।

पाकिस्तानले पहिलो टि२० आई खेलमा बंगलादेशलाई ४ विकेटले विजयी भएको थियो । तेस्रो खेल सोमबार हुनेछ । तीन टि२० आई सिरिज पछि बंगलादेश र पाकिस्तानबीच थप दुई टेस्ट खेलको सिरिज हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *