सिलगढीको वार्ड नम्बर १६ मा रहेको एक बहुतले घरमा आगलागी भएको छ ।

सिलगढी : सिलगढीको वार्ड नं १६ को गिरीश घोष सरानीमा रहेको एक बहुतले घरमा आगलागी हुँदा इलाकाका बासिन्दा केही समयका लागि ठूलो दुर्घटनाको शिकार हुनबाट जोगिएका छन् । दिउँसो सो क्षेत्रमा रहेको बहुतले घरबाट धुवाँ निस्किएको स्थानीयवासीले देखेपछि स्थानीयले दमकल र प्रहरीलाई खबर गरेपछि दमकलको टोली पनि घटनास्थलमा पुगेर ताला तोडेको थियो । बहुतले फ्ल्याट भित्र पसेर आगो नियन्त्रणमा लिइएको थियो । घटनाको जानकारी पाएलगत्तै पानीटँकी चौकी प्रहरी घटनास्थल पुगेको थियो ।