डेङ्गु नियन्त्रणका लागि वडा नं ३३ मा मेयरको नेतृत्वमा अभियान थालिएको मेयरले खाली जग्गाका सम्बन्धमा कानुनी कारबाही गरिने बताए

सिलगढी (न्युज एशिया)ঃ पछिल्लो केही दिनयता सिलगढीमा डेंगुका बिरामीको संख्या बढेको छ । यसैलाई ध्यानमा राख्दै आज सिलगढी महानगरपालिकाले सहरको ३३ नम्बर वार्डमा अभियान सुरु गरेको थियो, जसको नेतृत्व मेयर गौतम देव आफैले गरेका थिए। यस अवसरमा एमआईसी माणिक दे लगायतका पार्षदहरुको उपस्थिति रहेको थियो ।मेयरको नेतृत्वमा र्‍याली निकालेर डेङ्गुबारे सचेतना गराइएको थियो । तर, यो सचेतना अभियानका क्रममा केही महिलाले वडाको सरसफाई राम्ररी नगरेको गुनासो गरे । साथै विभिन्न ठाउँमा फोहोर जम्मा भएर डेंगुको लार्भा फैलिने गरेको छ ।

वडा नम्बर ३३ डेंगुको सम्वेदनशील वडा हो कि होइन भनेर मेयरलाई सोध्दा मेयरले यो संवेदनशील वडा नभएको बताए ।तीन साताअघि यहाँ दुई जना बिरामी फेला परेकाले त्यसयता कुनै पनि डेंगुको बिरामी फेला परेका छैनन् र दुवै बिरामी पूर्णरुपमा निको भएका छन् । डेंगुबारे जिल्ला प्रशासन कार्यालय र प्रमुख जिल्ला अधिकारीसँग कुराकानी भइसकेको उनले बताए ।

डेंगुको पूर्ण निगरानी भइरहेको छ । यो वडाको पनि अनुगमन भइरहेको छ । यससँगै खाली जग्गाका सम्बन्धमा मेयरले केही व्यक्तिले पर्खाल बनाएर जग्गा छाडेको बताए । त्यस्ता ३५ स्थान पहिचान गरी मालिकलाई कारबाही गर्न भनिएको छ ।यस्तो जग्गा १०–१२ ठाउँमा परेको छ जसको मालिक कोही सिलगढीमा र कोही सिलगढी बाहिर छन् । ती सबैलाई नोटिस पठाइने र सूचनापछि पनि ध्यान नदिए कानुनबमोजिम कारबाही गरिने छ । चार–पाँच वडामा डेंगु फैलिँदै गए पनि रोक्नका लागि सबै किसिमका पहल भइरहेको उनले बताए ।