चियाबारीबाट १४ फिट लामो अजिंगरको आज उद्धार गरिएको छ। कहिले चितुवा र कहिले जंगली बाइसन, डुअर्सको चियाबारीमा वन्यजन्तुको आगमन कुनै नौलो कुरा होइन । तर यस पटक यो हात्ती वा चितुवा होइन, ठूलो अजिंगर थियो cडुअर्सको चुल्छा चिया बगानमा एउटा सर्पले हलचल मच्चाएको थियो।
मंगलबार डोअर्सको मटली ब्लकको चोल्चा चिया बगान क्षेत्रबाट १४ फिट लामो अजिंगर फेला परेको थियो। चिया बगानमा काम गर्ने चिया मजदुरले अस्पताल नजिकैको क्षेत्रमा सर्प देखे । अचानक अजिंगर देखेर उनीहरु छक्क परे। यो खबर फैलिने बित्तिकै त्यहाँका बासिन्दा जम्मा भएका थिए।
खुनिया रेन्जका वन अधिकृतलाई खबर गरिएको थियो । अजिङ्गरलाई बचाउन वन अधिकारीले सर्प प्रेमी दिवास राईलाई साथमा ल्याएका थिए। उनीहरुको सहयोगमा विशाल अजिंगरलाई उद्धार गरी चपरमारी जंगलमा छाडिएको थियो।