वास्तविक नियन्त्रण रेखा नजिक वस्तुभाउ चराउन भारतीय सेनाको रोक, चीनलाई फाइदा ?

चीनसँग सीमाविवादको सामना गरिरहेको भारतीय सेनाले वास्तविक नियन्त्रण रेखा नजिकको परम्परागत चरणमा वस्तुभाउ चराउन रोक लगाएको छ । यसले गर्दा चीनले भारतको भूमि हडप्ने गरी सलामी स्लाइसिङको अवसर पाएको भारतीय विश्लेषकहरूले बताएका छन् । पशुपालकहरूले वस्तुभाउ चराउने क्रममा चिनियाँहरूको गतिविधिमा नजर राख्ने गरेको तर अब त्यो अवसर गुमेको बताइएको छ । 

‘चिनियाँहरूले आफ्ना घुमन्ते पशुपालकहरूलाई स्वतन्त्रतापूर्वक हिँडडुल गर्न दिएका छन् । उनीहरू त्यही घुमन्तेहरूमार्फत हाम्रो भूमिमा अतिक्रमण गर्छन्,’ कोनचोक स्टानजिनले रक्षामन्त्री राजनाथ सिंहलाई पठाएको स्मरणपत्रमा उल्लेख गरेका छन् । स्टानजिन पूर्वी लद्दाखको चुशुल क्षेत्रका पार्षद हुन् । 

भारतीय पशुपालकहरूलाई हट स्प्रिङ, पांगोग तालका विभिन्न फिंगर, न्यालुङ योकमा लगायतका ठाउँमा रहेका चरणमा जान भारतीय सेनाले रोकेको स्टानजिनले द टाइम्स अफ इन्डियालाई बताए

Leave a Reply

Your email address will not be published. Required fields are marked *