बादशाह सँगै र्यापर बने अमिताभ

बलिउड अभिनेता अमिताभ बच्चन रियालिटी शो ‘कौन बनेगा करोडपति’ को सिजन १३ मा यो हप्ता केही फारक शैलीमा देखिनेछन् ।

अमिताभले सामाजिक सञ्जालमा केही तस्बिर सेयर गरेका छन्, जसमा उनले आफूभित्रको र्यापरलाई बाहिर ल्याइरहेका छन्,

तस्बिरमा उनले सुटको साथ ट्रेन्डी आकर्षक चस्मा लगाएको देखिन्छ ।

यो तस्बिर हेर्दा उनले शोमा पूरा स्वागका साथ र्याप गीत गाइरहेका छन् भन्ने झल्किन्छ ।

सामाजिक सञ्जालमा तस्बिर सेयर गर्दै अमिताभ बच्चनले र्याप गीत लेखेका छन्– ‘कुर्सी पे बैठकर, चस्मा काला डाल कर गले मे सोना-चांदी, फोर्स फुली मार कर कपडे देखो रंग है जी ए गाना फिर भी स्ट्रंग है जी बिड़िबी दा दा, दा दा दा दा दा…हार मिला नहीँ कोही वर्ड मैचिंग लगाकर खेलेंगे केबीसी जानते नहीँ एबीसी चलो बन्द करो ए पोस्ट ताला मार कर ।

अमिताभले यसअघि केबीसीको सेटबाट बादशाहसँगको आफ्नो तस्बिर सेयर गरेका थिए र क्याप्सनमा लेखेका थिए, यो बादशाह के साथ कूल डूड कर रहा हुँ ।

तस्बिरमा दुवै डान्स मूभमा देखिएका छन् । यी दुवैको यो तस्बिर हेरेर केबीसीको स्टेजमा अमिताभ र बादशाहले रमाइलो गरेको स्पष्ट हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *