अमित शाहले राखे संग्रहालयको आधारशिला

केन्द्रिय गृहमन्त्री अमित शाहले मणिपुरमा भाजपा सरकारको शान्ति स्थापना र विगत पाँच वर्षमा चौतर्फी विकासको लागि प्रशंसा गरे । उनले राज्यमा शान्ति सुरक्षामा उल्लेखनीय सुधार भएको बताए । भर्चुअल कार्यक्रम मार्फत रानी गाइदिन्ल्यू आदिवासी स्वतन्त्रता •सेनानी संग्रहालयको शिलान्यास गर्दै शाहले भने, केन्द्रको सरकार र मणिपुरको एन वीरेन सिंहको सरकारले राज्यमा कानून र व्यवस्था, शिक्षा, बिजुली र अन्य पूर्वाधारको क्षेत्रमा उल्लेखनीय सुधार पूर्वाधारको गरेको छ शाहले भने, मणिपुरमा सत्तामा आउनुअघि हामीले बन्द, हडताल र नाकाबन्दी अन्त्य गर्ने वाचा गरेका थियौं|

हामीले तीनवटैलाई हटाएका छौं र राज्यको कानून र व्यवस्थाको स्थितिमा उल्लेखनीय सुधार गरेका छौं। गृहमन्त्रीले यहाँ विगत पाँच वर्षमा भएको विकास र विगत ७० वर्षमा भएका कामलाई तुलना गर्ने हो भने विगत पाँच वर्षमा धेरै विकास निर्माण भएको बताए । स्मरण रहोस्, सन् २०१७ को विधानसभा चुनाउमा भारतीय जनता पार्टी पहिलो पटक सरकार बनाउन सफल भएको थियो । केन्द्रिय गृहमन्त्रीले भने, स्वतन्त्रता पछि पहिलो पटक मणिपुरको पहाडी क्षेत्रमा बसोबास गर्ने मानिसहरूले उनीहरूको हितको बारेमा सोच्ने केन्द्र सरकार छ भन्ने महसुस गरेका छन्। शाहले बीजेपी सरकारमा यहाँका पहाडमा बसोबास गर्ने जनतालाई बिजुली र ग्यासको जडान भएको, निःशुल्क शौचालय उपलब्ध गराएको र विद्यालय बनेको देखेको बताए ।

उनले भने, यो सबै विकास नरेन्द्र मोदी र वीरेन सिंहको सरकारले गरेको हो । म विश्वस्त छु कि मणिपुरका जनताले फेरि राज्यमा भाजपा सरकारलाई निर्वाचित गर्नेछन् । भिडियो कन्फरेन्स मार्फत आयोजित कार्यक्रममा केन्द्रिय जनजाति मामिला मन्त्री अर्जुन मुन्डा र मणिपुरका मुख्यमन्त्री एन बिरेन सिंह पनि उपस्थित थिए । मणिपुर मन्त्रिपरिषदले नेलुआंगकाओ गाउँमा यो संग्रहालय स्थापना गर्ने निर्णय गरेको छ। यो गाउँ प्रसिद्ध स्वतन्त्रता सेनानी रानी गाइदिन्ल्यूको जन्मस्थल हो । जनजाति मामिला मन्त्रालयले यस सङ्ग्रहालयको आयोजनाका लागि लगभग १५ करोड रुपियाँ स्वीकृत गरेको जानकारी दिएको छ। रानी गाइदिन्ल्यूलाई सन् १९८२ मा पद्मभूषण पुरस्कारबाट सम्मानित गरिएको थियो ।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *