भारतीय रक्षामन्त्री सिंहको अभिव्यक्तिले पाकिस्तान आक्रोशित

भारतीय रक्षामन्त्री राजनाथ सिंहले दिएको अभिव्यक्तिबाट पाकिस्तान आक्रोशित बनेको छ । पाकिस्तानको आलोचना गर्दै रक्षामन्त्री सिंहले छिमेकी देश नसुध्रिए कडा जवाफ दिने अभिव्यक्ति दिएका थिए ।

सीमा विवादका सन्दर्भमा सिंहले पाकिस्तानभित्रै घुसेर आक्रमण गर्ने धम्की समेत दिएका थिए । पाकिस्तानले यसको जवाफ फर्काउँदै पाकिस्तान आफ्नो सुरक्षाका लागि सक्षम रहेको जनाएको छ ।

पाकिस्तानले भारतलाई भनेको छ, ‘भारतीय मन्त्रीहरू जिम्मेवार बनून्, शान्ति कायम राख्न सहयोग गरून् ।’

पाकिस्तानले भारतीय मन्त्री सिंहले टिप्पणी पूरै भ्रामक रहेको दाबी गरेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानले भनेको छ, ‘मन्त्रीको अभिव्यक्तिबाट थाहा हुन्छ, भारतले छिमेकी देशलाई कसरी हेर्छ ? भारतीय मन्त्रीहरू छिमेकी देशतर्फ औंला उठाउँदै झूट र कल्पनामा लिप्त हुन्छन् । आफ्नो यस्तो शैलीबाट भारतीय नेताहरू जम्मू–कश्मीरमा भइरहेका मानवअधिकार उल्लंघनका घटनाबाट अन्तर्राष्ट्रिय समुदायको ध्यान मोड्न चाहन्छन् ।’

पाकिस्तानमाथि आक्रमण गर्ने भारतको दुस्साहसलाई सन् २०१९ मा विफल बनाइसकेको पाकिस्तानले दाबी गरेको छ । 

भारतीय मन्त्री सिंहले पाकिस्तानले सीमा नाघेमा भारतले प्रतिआक्रमण गर्ने अभिव्यक्ति दिएका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *