दुई कम्पनीको किटलाई डब्लूएचओको मान्यता

 विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) कोरोना भाइरस संक्रमण पहिचानका लागि छिटाछरितो र सर्वसुलभ तरिकाबाट परीक्षण गरिने बताएको छ । डब्लूएचओका अनुसार न्यून र मध्यम आय भएका मुलुकहरुमा कम शुल्क र छिटो परीक्षण गरी कोरोना भाइरस संक्रमितको पहिचान गरिने भएको छ । यो परीक्षणका लागि ५ अमेरिकी डलर (५८८ नेपाली रुपैयाँ) लाग्ने र १५ देखि ३० मिनेटमा परीक्षणको नतिजा आउने बताइएको छ ।सोमबार जेनेभामा आयोजित पत्रकार सम्मेलनमा डब्लूएचओले दिएको जानकारीअनुसार ६ महिनाभित्र एन्टिजेनमा आधारित १२ करोड ‘ऱ्यापिड डायग्नोस्टिक टेस्ट’ गरिनेछ ।

यो परीक्षण गर्भ परीक्षण जस्तै हुने बताइएको छ । टेस्ट किटमा दुई वटा निलो धर्सा देखिए कोरोना पोजिटिभ भएको मानिने पनि डब्लूएचओले बताएको छ । यो परीक्षण चिकित्सक र प्रयोगशाला कम भएका देशहरुमा प्रभावकारी हुने बताइएको छ ।

परीक्षणका लागि बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन र टेस्ट किट उत्पादक कम्पनीहरु एबोट र एसडी बायोसेन्सरसँग सम्झौता भएको छ । सम्झौताअनुसार कम आम्दानी भएका विश्वका १३३ देशहरुमा परीक्षण किट उपलब्ध गराइनेछ । जसमा कोरोना महामारीबाट अतिप्रभावित ल्याटिन अमेरिकी देशहरु पनि रहेका छन् । यसका लागि ग्लोबल फन्डबाट सुरुवाती चरणमा ५० मिलियन अमेरिकी डलर छुट्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *