४६ वर्षको उमेरमा जुम्ल्याहा सन्तानका आमा बनिन् प्रीति जिन्टा

बलिउड फिल्म उद्योगकी सुन्दर अभिनेत्री प्रीति जिन्टाको घरमा खुशीयाली छाएको छ । यी अभिनेत्री आमा बनेकी छिन् ।

उनले एकै पटक जुम्ल्याहा सन्तान जन्माएकी हुन् ।

आफ्नो जीवनको यो सबैभन्दा सुखद क्षणलाई प्रीतिले सामाजिक सञ्जालमार्फत शेयर गरेकी हुन् ।

प्रीतिले आफ्ना दुबै सन्तानको नाम समेत राखिसकेकी छिन् ।

प्रीतिले इन्स्टाग्राममार्फत आफ्ना श्रीमान्संगको आफ्नो तस्बिर सार्वजनिक गर्दै उक्त सुखद खबर सार्वजनिक गरेकी हुन् ।

प्रीतिले लेखेकी छिन्–‘म आज तपाईंहरुलाई सबैलाई हाम्रो आश्चर्यजनक खबर शेयर गर्न चाहन्छु । म र जीन निकै खुशी छौं । हाम्रो घरमा दुई जुम्ल्याहा शिशू जय जिन्टा गुडइनफ तथा जीया जिन्टा गुडइनफले जन्म लिएका छन् ।’

प्रीतिले आफू आफ्नो जीवनको नयाँ यात्राका लागि निकै उत्साहित भएको उल्लेख गरेकी छिन् ।

यसक्रममा उनले चिकित्कस, नर्स, सरोगेट आदिलाई मनैदेखि धन्यवाद दिएकी छिन् ।

प्रीतिले आफ्नो पोस्टमार्फत आफू सरोगेसीमार्फत आमा बनेको जानकारी गराएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *